विपरित ध्रुवका नेताहरुको दौडधुप, दीपक मनाङेको ‘एस’ प्रवेशले प्रचण्डको छटपटी
कुसुम सेञ्चुरी
मंसिर २०, २०७९ मंगलबार १४:१६:२
२० मंसिर, काठमाडौं । निर्वाचन सकिएपछि बालुवाटारमा गठबन्धन दलको बैठक बस्नु अघि शीर्ष नेताहरुको शक्ति केन्द्रमै दौडधुप चल्यो । गृहमन्त्री बालकृष्ण खाँड देखि एमाले सचिव रघुवीर महासेठसम्म प्रचण्डलाई भेट्न पुगे । त्यतिमात्र होइन साँझ एमाले नेता कृष्णगोपाल श्रेष्ठ प्रकाशमान श्रेष्ठलाई भेट्न चाक्सीबारी पुगे । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हाल सत्ता गठबन्धनको बैठक सकिएपछि एमाले नेता श्रेष्ठ र काग्रेस नेता प्रकाशमानबीच भेटघाट भएको हो ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनको समीक्षा र आगामी सरकारको खाका बारे छलफल गर्न बैठक राखिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थिति थियो ।
बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेर सकियो । तर बैठक अघि माओवादी अध्यक्ष प्रचण्ड भने दिनभर व्यस्त रहे । कहिले कांग्रेस नेता बालकृष्ण खाँणसँगको भेटघाट कहिले एमाले सचिव रघुवीर महासेठसँगको भेटले उनी व्यस्त रहे । त्यतिमात्र होइन माओवादी अध्यक्ष प्रचण्ड नेकपा एसका अध्यक्ष निवास कोटेश्वर समेत पुगेका थिए ।
त्यतिबेला प्रचण्ड भएकै समयमा राजिव गुरुङ उर्फ दीप मनाङे पार्टी प्रवेशका लागि कोटेश्वर पुगे । माओवादीमा प्रवेश गर्ने हल्ला चलिरहेका बेला एस पार्टीमा मनाङे प्रवेश गरेपछि उनी नेपाल निवासमै छटपटिएका थिए । नेपाल निवासको अर्को कोठमा रहेका प्रचण्ड पार्टी प्रवेश कार्यक्रमभर एस पार्टीका नेताहरुसँग गफिएर बसेका थिए । उनले मनाङे त्यहाँ आएको र एसमा प्रवेश गरेको चालपाएपछि आफ्नो आसनबाट उठेर बाथरुम पुगेका थिए ।
माओवादी अध्यक्ष प्रचण्ड कोटेश्वर जानु अघि र गठबन्धनको बैठक शुरु हुनुअघि एमाले सचिव एवम् मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठबीच भेटवार्ता भएको थियो । प्रचण्डलाई भेट्न सचिव महासेठ सवा एक बजे खुमलटार पुगेको र ४० मिनेटको भेटवार्ता सकाएर प्रचण्ड हतारहतार कोटेश्वर पुगेका थिए । कोटेश्वरबाटै उनीहरु अलग अलग गाडीमा बालुवाटार पुगेका थिए ।
जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनबाट छुटाएर मध्यरात बालकोट पुर्याउने महासेठ नै थिए । नेपालको धनाढ्य व्यक्तिमा गनिने डा।उपेन्द्र महतोको ज्वाईंसमेत रहेका महासेठ पढाइले इन्जिनियर र हालै धनुषाबाट सपत्नी निर्वाचित एक मात्र साँसद हुन । उनका जेठान तथा रुसी गणराज्यका मानार्थ महावाणिज्यदूत डा।वीरेन्द्र महतोसमेत त्यो परिवारबाट यसचोटी ३ जनालाई चुनावी सफलता हात लागेको छ ।
नेपालका दलहरुलाई बेलाबखत प्रशस्त चन्दा उपलब्ध गराउने डा. उपेन्द्र माछापुच्छ्रे बैंकको अध्यक्ष,सानीमा बैंकको प्रवर्धक र मेडिसिटी हस्पिटलको साहु समेत भएकाले महासेठले प्रचण्डसँग गरेको भेटघाटलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।
महासेठमार्फत एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई केही सन्देश पठाएको अनुमान लगाएपछि त्यसबारे कुनै कुरा बाहिर आएको छैन । ओलीले यसअघि नै माओवादी अध्यक्ष प्रचण्डलाई शुभकामना दिएर संवादको शुरुवात गरिसकेका कारण ओलीकै सन्देश बोकेर महासेठ प्रचण्डलाई भेटन गएको अनुमान गरिएको हो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार