अनियमितताको आरोपमा गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १९:१५:४
२२ मंसिर, स्याङ्जा । वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुको टोलीले स्याङ्जाको फेदिखोला गाँउपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । गाँउपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकामा एकल निर्णय गरेर अनियमितता गरेको आरोप लगाएर वडा अध्यक्षसहित कार्यकालिका सदस्यहरुले कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
११ बुँदे माग अध्यक्षको ढोकामा टाँसेर तालाबन्दी गरिएको गाँउपालिका १ का वडा अध्यक्ष अमृत क्षेत्रीले बताए । पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सम्वोधन गरिएको मागपत्रमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम महिनाको एकपटक कार्यपालिकाको बैठक राख्ने प्रावधानलाई कुल्चेर एकल निर्णय गरिदै आएको आरोप लगाइएको छ ।
कर्मचारी सरुवामा वडा अध्यक्षहरु सगँ समन्वय नभएको, लेखा समिति गठन नगरी मनपरी खर्च गरिएको, गाँउपालिकाको काममा प्रयोग गर्नुपर्ने सवारी साधन नीजि काममा प्रयोग गरिएको, शिक्षा समितिलाई पुर्णता नदिई शिक्षक सरुवामा अनियमिता गरिएको लगायत आरोप मागपत्रमा लगाइएको छ । ११ बुँदे पेश गरिएको मागपत्रको सुनुवाई नभएसम्म तालाबन्दी यथावत रहने बताइएको छ । पालिका अध्यक्ष सुवेदी र प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले वडा अध्यक्ष र कार्यपालिका सदस्यको मानमर्दन गरिएको समेत आरोप उनीहरुको छ ।
भदौ १ गतेपछि अध्यक्षले कार्यपालिकाको बैठक नै नबोलाएर एकल निर्णय गर्दै कार्यसञ्चालन गर्दै आएको बताइएको छ । पालिकाले गरेको गतिविधि मासिकरुपमा माग गर्दा सुचना दिन प्रमुख प्रशासकीय अधिकृतले आनकानी गरेको वडा अध्यक्ष क्षेत्रीले बताए । हामीले पटक—पटक बैठक आब्ह्रान गर्न अध्यक्षलाई अनुरोध गर्यौ क्षेत्रीले भने,‘अध्यक्षले बैठक नबोलाएर मनपरी गर्न थालेपछि ताला लगाउन बाध्य भयौं ।’ विकासका निम्ती हामी बाधक नभएको तर समन्वय हुनुपर्छ पर्छ भन्ने हाम्रो अनुरोध हो उनले भने ।
बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा फेदिखोलामा पालिका अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ भने कार्यपालिका नेपाली काँग्रेसले जितेको छ । कार्यपालिकामा अध्यक्ष अल्पमतमा रहेकाले सुबेदीले एकल निर्णय गर्दै आएको आरोप लाग्दै आएको थियो ।
यता पालिका अध्यक्ष सुवेदीले कार्यकक्षमा तालाबन्दी लगाइएको बिषयमा आफुलाई थाहा नभएको बताए । म कार्यक्रम छु उनले टेलिफोनमा भने,‘जसले लगाएको उसैलाई सोध्नुहोस ।’ अत्यन्तै व्यवस्ता देखाएर उनले सबै जवाफ दिएनन् । दोस्रो पटक पुन पालिका अध्यक्षमा निर्वाचित भएका सुवेदी कार्यपालिका बैठकनै नबोलाएर एकल निर्णयबाट पालिका संचालन गर्न सकिन्छ भन्ने दम्भमा लागेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
क्रुज जहाज मार्फत चीन भित्रिने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने
जेठ २, २०८१ बुधबार
चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
जेठ २, २०८१ बुधबार