लैङ्गिक हिंसा भनेको महिलामाथि हुने हिंसा मात्र हो भन्ने अधिकारकर्मीको बुझाई नै गलत
कुसुम सेञ्चुरी
मंसिर २४, २०७९ शनिबार १३:७:५६
२३ कार्तिक, काठमाडौं । मध्यरातको समय थियो । कोही रोइरहेको आवाज आयो । म हतारिदै बत्ती बाले । रातको १ बजेको रैछ । कता को रोएको रैछ भनेर फेरि चिहाए । चिने चिनेको आवाज थियो रुवाईमा । फेरि ध्यान दिए ।
यो आवाज पल्लाघरे ठुलोवुवाको छोरा श्याम दाइको हो । त्यसपछि हतारिदै म ठूलोवुवाको घरतिर लागे । म पुग्दासम्म यताउताका छिमेकी जम्मा भइसकेछन् । ठूलोवुवा खस्नु भएछ ! श्याम दाई रोइरहेको थियो । मान्छेहरुको ठूलो जमातले भन्दै थिए । छोरो मान्छे भएर रुनु हुन्न ?
विचरा श्याम दाई !! वुवा खस्दाको पीडा, वुवा गुमाएकालाई मात्र थाहा हुन्छ । यसैबीच उनी रुन डराएँ । मैले सोचे पीडा त सबैलाई हुन्छ होइन र । दुख त सबैलाई लाग्छ तर के रूनु साँच्चै कमजोरी हो त ? यो एउटा उदाहरण मात्र भयो ।
हाम्रो समाजमा यस्ता धेरै कथाहरु छन् । जो भित्रैभित्रै दबिएका छन् । मानौं श्रीमानले श्रीमतिलाई गाली गर्यो कुट्यो भनेपनि हिंसा हुन्छ । तर त्यही श्रीमतिले श्रीमानमाथि गरेको असभ्य व्यवहारले पुरुषमाथि हिंसा हुँदैन र ? दुख–पीडा सबैलाई बराबर होइन र ? की छोरालाई बढी अनि छोरीलाई कम हुन्छ ? मैले यहाँ महिला र पुरुष हिंसाको कुरा भन्दा पनि हाम्रो समाजको सोचाई अनि हामीले गरेका व्यवहारको कुरा मात्र खोतल्ने कोशिश गरेकी मात्र हुँ ।
कथाकै पात्र श्याम दाईकै कुरालाई जोड्ने हो भने नि आफ्नो बुवा खस्दा रुन नै नमिल्ने अनि छोरी, आमा, आन्टी र दिदीहरु चाहि रुन मिल्ने यो कस्तो समाजमा हामी बाचिरहेका छौँ । के यसले कुनै लैंगिक हिंसालाई छोएन ? बिडम्बनापूर्वक भन्नुपर्छ की नेपालमा लैंगिक हिंसा भन्ने बित्तिकै महिलामाथि हुने हिंसा मात्र सम्झने गरिन्छ । नेपालका महिला अधिकारकर्मिहरुले पनि हरेक बर्ष आउने लैंगिक हिंसाको १६ दिने अभियानलाई खाली महिला हिंसासँग मात्र जोडेर व्याख्या बिश्लेषण गर्ने गरिन्छ । यो सरासर गलत हो । लैंगिक हिंसा भन्नाले पुरुषले महिलामाथि गर्ने हिंसा मात्र नभएर महिलाले पुरुषमाथि गर्ने हिंसा पनि हो भन्ने यो अभियानको मूल तात्पर्य हो ।
लैंगिक हिंसा विश्वव्यापी रूपमा हुने मानव अधिकारको हनन् हो । नेपालमा लैंगिक हिंसाबाट प्रत्येक चार महिनामा एक जनाभन्दा बढी प्रभावित हुने गरेका छन । यो लैंगिक असमानताको सबैभन्दा चरम रूप हो र यसले सबैका लागि दिगो विकास सुनिश्चित गर्ने नेपालको प्रयास र क्षमतालाई कमजोर तुल्याएको छ ।
लैंगिक हिंसा शारीरिक, यौनजन्य, भावनात्मक, मनोवैज्ञानिक र आर्थिक किसिमले हुने गर्छ । पछिल्लो समय अनलाइन प्लाटफर्मसहित निजी तथा सार्वजनिक स्थानमा लैंगिक हिंसा हुने गरेको छ । अझै कुरा गर्ने हो भने अब्राहम लिंकनले आफ्नो छोराको स्कुलमा ’उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झार्न लाजमर्दो कुरा होइन भनिदिनुस’ भन्दै लेखेको चिठी के अहिले झुटो भयो र ?
हाम्रो पितृसत्तात्मक समाज महिलालाई जत्तिकै पुरुषलाई पनि हानिकारक रहेको छ भन्दा फरक नपर्ला । अझ तपाई हाम्रो घरमा छोराछोरीलाई हुर्काउँदा गरिने भेदभावले पनि पुरुषलाई कठोर बन्न बाध्य बनाएको छ । ‘छोरा भएर रुन हुन्न, डराउन हुन्न, साहसिक काम गर्नुपर्छ भन्ने गलत संस्कारले गर्दा पुरुष रुन सकेका छैनन्,’ त्यसले पुरुषलाई भावनात्मक हुन रोकेको छ ।
‘पितृसत्ताले महिलाले यो, पुरुषले त्यो गर्नुपर्छ भनेर छुट्टाइदिएकाले पनि लैंगिक हिंसाले समाजमा जड गाडेको छ । लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सीमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसा पनि लैङ्गिक हिंसामै पर्छन होइन र ?
साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुनसक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।
लिंगमा आधारित हिंसा महिला र पुरुषबीच असमान शक्ति र सम्बन्धको परिमाणस्वरूप सिर्जित अपराधिक कृत्य मात्र नभई मानवअधिकारको घोर उल्लंघन पनि हो । लैंगिक हिंसा अन्तर्राष्ट्रिय समुदायको सरोकारको विषय पनि हो । यो महिला वा पुरुष दुवैमाथि घट्न सक्ने अपराध हो । लैंगिक हिंसा पुरुषविरुद्ध पनि हुन सक्छ ।
तपाई हामी सबैलाई थाहा भएको कुरा हो । परिवार, समाज र राज्य यी तीन क्षेत्रमा महिला हिंसा हुने गर्छ । पारिवारिक सम्बन्धका आधारमा हुने घरेलु हिंसाअन्तर्गत वैवाहिक बलात्कार, कुटपिट, यौनांग छेदन, एसिड आक्रमण, दाइजोको नाउँमा हुने हिंसा, कुरीति र अन्धविश्वासका आधारमा हुने हिंसा, कमलरी, छउपडी, बोक्सी, बादीलगायत विभिन्न कुरीतिजन्य हिंसा पर्छन । त्यस्तै, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, मानव बेचबिखन, बलात्कार, वेश्यावृत्तिजस्ता हिंसा समुदायमा हुनसक्ने महिलाविरुद्धका हिंसा हुन । विश्वव्यापीकरणको प्रभावबाट महिलाविरुद्धका हिंसाका स्वरूप र प्रकृति बदलिँदो अवस्थामा छन । शारीरिक, मानसिक, आर्थिक, राजनीतिक, यौनशोषण, हानि–नोक्सानी, धम्की, जाल, प्रपञ्च, छलछाम, धोकाधडीजस्ता कार्य महिला हिंसाका कारक तत्वका रूपमा रहेका छन । अहिले त सामाजिक सञ्जालबाट हुने हिंसा अझै बढि भएको पाइन्छ ।
महिला हिंसा अशिक्षित वर्गबाट मात्र नभएर शिक्षित र चेतनशील वर्गबाट समेत हुने गर्दछ । अधिकांश महिला अझै पनि विकासको मूल प्रवाहमा आउन नसकेको अवस्था छ । हिंसा विरुद्धका कार्यक्रम शहरका होटल लजदेखि गाउँपालिका र नगरपालिकामा कुनै वडामा सीमित छन् । हिंसाविरुद्धको अभियानमा अधिकाश महिलाकै सहभागिता धेरै र पुरुषको न्यून नै देखिन्छ । यदि हामीले लैङिक हिंसा जरैदेखि उखलेर फाल्ने हो भने यो विरुद्ध अभियानमा बिहानदेखि साँझसम्म सेमिनार, गोष्ठि लगाएतका अन्तरक्रिया गर्ने संघसंस्थाले किन बराबर सहभागी गराउन सक्दैनौ ? ग्रामिण भेग र दुरदराजका महिला र पुरुष घरधन्दा सीमित रहनुपरेको अवस्था छ । उनीहरुलाई कुनै बर्षको हिंसा अन्त्यको कार्यक्रमले कहिल्यै छोएको छैनन । यसरी बर्षौ बर्ष डलरका डलर खर्च गरेर गरिने कार्यक्रमले लैङिक हिंसा अन्त्य होला त ?
दुखको कुरा सामाजिक लोकाचार वा डरले कतिपय घरभित्रको महिला हिंसा बाहिर आउनै सक्दैनन । घरेलु हिंसाको कसुरमा पीडित महिला आफैँले घरपरिवारविरुद्ध उजुरी गर्ने हिम्मत गर्न गाह्रो छ । समाजले पुरुषको चरित्र वा आचरणमाथि खासै ध्यान दिँदैन, तर महिलाको चरित्र वा आचरणमा रत्तिभर पनि आँच आयो भने समाजले त्यस्ता महिलामाथि विभिन्न कोणबाट प्रश्न उठाउँछ । युरोप, अमेरिकाजस्ता अति विकसित र सभ्य समाजमा समेत महिला हिंसा हुने गरेको पाइन्छ ।
नेपाल प्रहरीका अनुसार, महिला तथा किशोरीविरुद्धको अपराध चिन्ताजनक दरमा बढेको छ, २०२१ जुलाईदेखि २०२२ को जुलाईसम्म मात्र २१ हजार ५ सय ६८ उजुरी परेका छन । अन्य देशमा जस्तै नेपालमा पनि पछिल्ला वर्षहरूमा कोभिड महामारीसँगै विभिन्न विपद्का कारण लैंगिक हिंसाका घटना बढिरहेका छन । ग्रामीण क्षेत्रका तथा न्यून आय भएका र औपचारिक शिक्षाबाट वञ्चित महिला तथा किशोरीहरू तुलनात्मक रूपमा बढी जोखिममा छन । यसमा उमेर र वैवाहिक स्थितिले पनि फरक पार्ने गरेको छ ।
हिंसाबाट समाजमा कोही पनि अछुतो छैनन । यस्तो यातनाजन्य आपराधिक कर्मलाई सबैले आ–आफ्नो क्षेत्रबाट रोक्ने वा न्यूनीकरण गर्ने प्रयास आजैका मितिबाट गर्न आवश्यक छ । हामी यदि परिवर्तन चाहान्छौ भने परिवर्तन संवाह आफैबाट आजैबाट सुर गर्न आवश्यक छ । यो अभियानमा आजबाटै लाग्न आवश्यक छ । यो केवल महिला वर्गको सरोकारको विषय नभई समग्र मानव समुदायको चिन्ता र चासोको विषय हो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपवि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
राज्यसंयन्त्र र नेताहरूको यस्तो व्यवहारमा समाजवादको कल्पना गर्न सकिएला ?
जेठ १५, २०८१ मंगलबार
प्रचण्डका अन्तिम ब्रम्हास्त्र हुन रवि लामिछाने
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
सुशासन कायम गर्न भ्रष्टाचार अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
जेठ १८, २०८१ शुक्रबार
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
अभिलेख संरक्षण पहिलो संशोधन विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट पारित
जेठ १८, २०८१ शुक्रबार
किम्फमा महिला चलचित्रकर्मीबारे छलफल, कसले के भने ?
जेठ १८, २०८१ शुक्रबार
जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार