आजदेखि सिदिङ्वामा चमेरे गुफा महोत्सव सुरु
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार २३:४९:४८
२५ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा आजदेखि प्रथम चमेरे गुफा महोत्सव सुरु भएको छ । चमेरे गुफाको संरक्षणसँगै प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चमेरे गुफा महोत्सवको आयोजना गरिएको हो ।
यही मङ्सिर २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा खेलकुदलगायतका विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । उक्त महोत्सव चमेरे गुफा पर्यटकीयय संरक्षण तथा संवद्र्धन नव जागृति समूहले आयोजना गरेको हो ।
महोत्सवमा फुटबल प्रतियोगिताका साथै विभिन्न सांस्कृतिक कार्यक्रम हुने आयोजकका अध्यक्ष अबिचन्द्र लिम्बूले जानकारी दिए । यस्तै महोत्सवमा चमेरे गुफाको अवलोकन गर्न पाइनेछ । यहाँस्थित चमेरे गुफा वर्षौं पुरानो हो । यस गुफामा सयौँको सङ्ख्यामा चमेरा देख्न पाइने स्थानीयवासीले बताएका छन् ।
सुरुम्खिमस्थित अम्बाटार बस्ती नजिकै रहेको चमेरे गुफाको अवलोकनका लागि आवश्यक संरचना र बस्तीदेखि त्यहाँसम्म जानका लागि व्यवस्थित पैदल मार्गको निर्माण गर्न आवश्यक भएको स्थानीयवासी बताउँछन् । भौतिक संरचनाको निर्माणसँगै गुफाको प्रचार–प्रसार गरी यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन सरोकारवालासमक्ष स्थानीयवासीले आग्रहसमेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
जेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार