पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्डमा ४० विधामा प्रतिस्पर्धा हुँदै
नेपालबहस संवाददाता
मंसिर २६, २०७९ सोमबार १९:४५:४१
२५ मंसिर, काठमाडाैं । अंग्रेजी नयाँ वर्ष २०२३ को पूर्व सन्ध्यामा नेपाली फेशन र मोडलिङ क्षेत्रको प्रवर्धनको लागि ‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ आयोजना हुने भएको छ । टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड काठमाडौंको सोल्टीमोड स्थित हायात प्लेसमा गरिँदैछ ।
अवार्डको आयोजना आगामी १४ पुसमा हुने आयोजक एवम् मोडल दिक्पाल कार्कीले बताएका छन् । यस पटक मोडलिङ तर्फ ४० विधामा र फेशन तर्फ ४० विधामा यो अवार्ड प्रदान गरिने आयोजक दिक्पालले बताए । उनका अनुसार ८० विधाकै उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।
यसपटक बालबालिका, किशोर, किशोरी, युवा युवती र अग्रज क्याटागोरीमा मोडलहरुको प्रतिस्पर्धा रहेको अर्का आयोजक राजन बुढाथोकीले बताएका छन् । उनका अनुसार बेस्ट मोडल, पपुलर मोडल, पेजेन्ट मोडल, मोफसलका मोडल, विज्ञापन मोडल, म्युजिक भिडियो मोडल, नव मोडल जस्ता विभिन्न विधामा प्रतिस्पर्धा रहेको छ ।
यस्तै फेशन तर्फ ४० विधामा यसपटक प्रतिस्पर्धा हुँदैछ । जस अन्तर्गत फेशन कोरियोग्राफर, पेजेन्ट कोरियोग्राफर, मोफसल कोरियोग्राफर, इभेन्ट आयोजक, पेजेन्ट आयोजक, मेकअप आर्टिस्ट, हेयर स्टाईलिस्ट, फेशन डिजाईनर, सेलिब्रेटी फेशन डिजाईनर जस्ता विविध विधामा मनोनयन सार्वजनिक गरिएको छ ।
बिगत आधा दशकदेखि आयोजना हुँदै आएको यो अवार्ड कोरोना महामारीका कारण एक वर्ष रोकिएको थियो । गत वर्षबाट फेरी यो अवार्डलाई आफुले निरन्तरता दिएको अर्का आयोजक तथा अभिनेता यसराज गराचले बताएका छन् ।
यो चौथो अवार्डलाई यसपटक भव्य तुल्याउन पाँच तारे होटल नै रोजेको पनि उनले बताए । अवार्ड समारोहमा सम्बन्धि विधाका अग्रज व्यक्तिहरुलाई सम्मान पनि गरिने आयोजक यसराजले जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार