मिसेस वर्ल्डको फिनालेमा प्रतिस्पर्धा गर्न दिक्षा अमेरिका प्रस्थान
नेपालबहस संवाददाता
मंसिर २६, २०७९ सोमबार १९:५४:३०
२६ मंसिर, काठमाडौं । मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा केसी अमेरिका प्रस्थान गरेकी छिन्। डिसेम्बर १७ मा अमेरिकाको लस भेगासमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उनले प्रतिस्पर्धा गर्दैछिन्।
सन् १९८४ मा स्थापित मिसेस वर्ल्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्ने गर्छ। प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलियालगायतका महादेशबाट ६० भन्दा बढी राष्ट्रका सहभागी हुँदैछन्।
मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दिक्षा मिसेस वर्ल्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन्। उनले सुपि रसाइली तथा मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नेछिन्।
स्टेला द मेक अप स्टुडियोको शृंगारमा प्रस्तुत हुन लागेकी दिक्षालाई हाल अमेरिकामै बसोवास गर्दै आइरहेकी नेपालकी चर्चित मेक(अप आर्टिष्ट सोफी सुनवारले प्रतियोगितामा मेक-अप गर्नेछिन्।
उनले संसारमाझ गौतम बुद्धको देश नेपाल भनेर चिनाउनका लागि गणेश सुनचाँदी पसलबाट उपहारस्वरूप प्राप्त भएको आकर्षक बुद्धको स्तुपालाई उपहारस्वरुप आयोजकलाई प्रदान गर्नेछिन्।
दिक्षाले यसअघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाईवाई मिसेस नेपाल वर्ल्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रूपमा चयन भएकी थिईन् र उक्त प्रतियोगिताको विजेता हुँदै मिसेस वर्ल्डमा सहभागिता जनाउँदैछिन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
संसद अवरोध हटाउन सत्ता पक्षका तीन नेता छलफलमा
जेठ २, २०८१ बुधबार
विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो
जेठ २, २०८१ बुधबार
किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण
जेठ २, २०८१ बुधबार
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
जेठ २, २०८१ बुधबार
महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन
जेठ २, २०८१ बुधबार