हरीभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’
नेपालबहस संवाददाता
मंसिर २६, २०७९ सोमबार २१:२८:४९
२६ मंसिर, काठमाडौं । गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ को शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरियो। तेह्रथुम जिल्लामा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुम जिल्लाका पहिलो नाटककार हुन्।
ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक समेत रहेका बुढाथोकीको पुस्तक ‘पसिनाले भिजेको जिन्दगी’ मा बुढाथोकीहरुको बंशावली समेत समेटिएको छ। बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ लाई राजाराम फुंयालले सम्पादन गरेका हुन्।पुस्तक लोकार्पण समारोहका सभापति खप्तडी सेवा समाजका अध्यक्ष बिकेन्द्र दिप बुढाथोकी रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथी देविराम शर्मा थिए भने कार्यक्रममा थुप्रै बिशिष्ठ अतिथिहरुको उपस्थिति रहेको थियो। गीतकार कृष्णहरि बराल, डा. खगेन्द्र प्रसाद लिईटेल संगीतकार राजु सिंह,गायक तथा संगीतकार शिशिर योगी,संचारकर्मी दिल भुषण पाठक,निर्देशक दिपेन्द्र के खनाल लगाएत थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
ड्राइभिङ्ग शिक्षाका प्रवर्तक बुढाथोकी रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतंजली योगगानका रचनाकार समेत हुन्। उनका एक दर्जन भन्दा पुस्तक प्रकाशन भई सकेका छन्।
बुढाथोकीहरुको बंशावली समेत समाबेश बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ पुस्तक बिक्रि बाट प्राप्त रकम सामाजिक सेवामा लगाउने बुढाथोकीले जानकारी दिए। कार्यक्रममा बोल्ने बिशिस्ट बक्ताहरुले ८३ बर्षको उमेरमा जोश र जाँगरका साथ सक्रिय भएर पुस्तक लेखेका गीतकार तथा लेखक बुढाथोकीको प्रशंशा गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार