आमनिर्वाचनको अन्तिम परिणाम : कुन दलका कति सांसद ?
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार २२:५:३१
२९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक गरिसकेको छ । आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणाम बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको छ । राष्ट्रपतिबाट स्वीकृत भएपछि सरकार गठनको बाटोसमेत खुलेको छ ।
सरकार गठनका लागि दलहरूबीच दौडधुप सुरु हुँदा विभिन्न राजनीतिक दलले विभिन्न संख्यामा सिट संख्या पाएका छन् । यद्यपि एक्लै सरकार बनाउन सक्ने हैसियतमा कुनै दलसँग पनि बहुमत देखिँदैन । आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । उसले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी कूल ८९ सिट प्राप्त गरेको छ ।
यस्तै नेकपा एमालेले ७८ सिट पाएको छ भने नेकपा माओवादी केन्द्रले ३२ जितेको छ । नेपालकै कान्छो पार्टीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा २० सिट पाएको छ ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीबाट १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना सांसद बनेका छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाट १९१ जनाले निर्वाचित भएका छन् । स्वतन्त्र ५ जना सांसद स्वतन्त्र रूपमा निर्वाचित बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम २ मा एमालेका सुहाङ २८५३ मतले अगाडि, रुख र मुढाबीच टक्कर
बैशाख १७, २०८१ सोमबार
बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, दमनभन्दा अभिषेक २५९ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार
इलाममा तीन स्थानबाट मतगणनाको तयारी
बैशाख १७, २०८१ सोमबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
सुनको मूल्य चार सयले घट्यो, प्रतितोला कति ?
बैशाख १७, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से १० अंकले बढ्यो
बैशाख १७, २०८१ सोमबार
सेनाको प्राविधिक सहयोगमा किन्ताङफेदीमा बेली ब्रिज निर्माण
बैशाख १७, २०८१ सोमबार
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
बैशाख १७, २०८१ सोमबार
नारायणी नदीमा तटबन्ध निर्माण गरिँदै
बैशाख १७, २०८१ सोमबार
घण्टाघर सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख १७, २०८१ सोमबार