एमालेमा सभामुखका आकांक्षीहरु बढे, को-को हुन दावेदार ?
कुसुम सेञ्चुरी
पुस १७, २०७९ आइतबार १७:२१:५८
१७ पुष, काठमाडौं । सत्ता गठबन्धनमा आएको उलटपलटसँगै एमालेले राष्ट्रपति र सभामुख पाउने भएपछि एमालेभित्र राष्ट्रपति भन्दा बढी सभामुखको आकांक्षीहरु बढेका छन् । प्रतिनिधिसभाको सभामुख नेकपा एमालेले पाउने निश्चित भएसँगै आकांक्षीहरु बढेका हुन् । एमालेका सिनियर नेताहरु मध्ये सभामुखमा चारजना आकांक्षी देखिएका छन् ।
एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य रघुजी पन्त र विद्या भट्टराईले सभामुखमा दावी गरेका छन् । तर उनीहरुले कही कतै हल्ला खल्ला भने गरेका छैनन । आफू निकट रहेका नेताहरुसँग आफ्नो दावी प्रस्तुत गरेको स्रोतको दावी छ । यीमध्ये पन्त समानुपातिक तर्फबाट निर्वाचित हुन् भने अन्य तीनजना प्रत्यक्ष निर्वाचित हुन् । चारैजनाले सभामुख दाबी गरेपनि अन्तिममा कसलाई सभामुख बनाउने भन्ने टुंगो लागेको छैन ।
राष्ट्रपतिको टुंगो लगाएपछि मात्र सभामुखको टुंगो लगाउने गरी काम भइरहेको एक नेताले बताए । एमाले–माओवादीको सहमति बमोजिम आधाआधा कार्यकाल अर्थात् साढे दुई वर्षका दरले पाँच वर्षमा दुई पार्टीबाट सभामुख बन्ने सहमति भएको भनिएपनि एमालेले सभामुखमा पूरै कार्यकाल दावी गरिरहेको छ । सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने व्यवस्था छ भने सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा उल्लेख छ । सबै पक्षलाई हेरेर सभामुखको निर्वाचन हुनेछ । संसद्को अधिवेशन पुस २५ गते आह्वान भइसकेको छ ।
पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा हुनेछ । उनले सभामुखको निर्वाचन भएपछि मात्र आफ्नो पद छाड्नेछन् । उपसभामुखको निर्वाचन नयाँ सभामुखले गर्नेछन् । संसद अधिवेशनमा सबैभन्दा पहिला सरकारले विश्वासको मत लिनेछ । सरकारले विश्वासको मत लिइसकेपछि सभामुखको निर्वाचन हुनेछ । तत्काल कायम भएका प्रतिनिधिसभा सदस्य संख्याको बहुमतबाट सभामुख निर्वाचित हुनेछन् । पहिलो प्रस्तावमा बहुमत प्राप्त भएपछि बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन । कुनै दललाई पनि भेदभाव नगरी सभाको बैठक सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवारी सभामुखको हुन्छ ।
सभामुखमा निर्वाचित भएको व्यक्ति पार्टीको क्रियाकलापमा लाग्न नपाउने हुँदा केही नेताहरू सभामुखमा जान मान्दैनन् । सभामुख स्पष्टवक्ता हुनुपर्दछ । कानुनको विषयमा जानकारी राख्नैपर्ने हुन्छ भने न्याय दिने विषयमा सकेसम्म विवेक पु¥याउनुपर्दछ । संसदको बिजनेसलाई सुनिश्चित गर्न लिखित र अलिखित संसदीय नियम र परम्परा पालना गरिन्छ । संसदका नियमलाई निष्पक्ष रूपमा व्याख्या गर्नु, सभाको सुव्यवस्था कायम राख्नु र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलगायत सांसदको अधिकार र विशेषाधिकारको रक्षा गर्नु सभामुखको कर्तव्य हो । सदनको विश्वास जोगाउन सभामुखको काम निष्पक्ष हुनुपर्छ ।
सभामुखले कहिल्यै पनि बहसमा भाग लिँदैनन्, सभामा कुनै विषयमा मतदान हुँदा बराबर भएमा मात्र मतदान गर्छन् र सरकारलाई व्यवस्थित ढंगले अघि बढाउने अधिकार र सबै सदस्यको बहसमा भाग लिने अधिकारलाई सन्तुलनमा राख्न काम गर्ने भएकाले यस्तो सन्तुलित भूमिका भएको व्यक्तिलाई पठाउने एमालेको तयारी छ । त्यतिमात्र होइन पार्टीलाई अप्ठेरो परेको बेला प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने पनि सभामुखकै भूमिका हुन्छ । ‘एमालेको तर्फबाट सभामुख हुने व्यक्तिले पार्टी हितमा पनि काम गर्नुपर्ने हुन्छ भनेर कसैले भनिरहनु पर्दैन’, एमालेका एक नेताले भने ।
सभामुखले दैनिक कार्यसूचीका विषय राख्दा कार्यव्यवस्था परमर्श समितिको बैठक बोलाएर निर्णय गर्नुपर्दछ । यदि कुनै सदस्यले कुनै विषयलाई लिई तत्काल सदनमा सरकारको ध्यानाकर्षण गर्न खोजे बोल्न दिनुपर्दछ । सभामुखलाई संसदको नियम र विशेषाधिकार विपरीत हुने गरी सदनसमक्ष ल्याइएका प्रस्तावहरूलाई नियमन गर्ने अधिकार छ । सरकारको अनुरोधमा सभामुखले कार्यसूचीमा राखिएको विषय फिर्ता गर्न सक्छन् भने विधेयक पनि फिर्ता गराउन सक्छन् ।
सभामुख प्रतिनिधिसभाको प्रशासन प्रमुख भएकाले यसको समग्र निर्देशन र व्यवस्थापनका लागि जिम्मेवार हुनुपर्ने व्यवस्था छ । व्यवस्थापन समितिको बैठक बोलाई प्रशासनिक कार्यबारे निर्णय गराउने काम सभामुखले गर्दछन् । त्यसकारण एमालेले समन्वयकारी भूमिका भएको व्यक्तिलाई पठाउने तयारी गरेको छ । यसपटक गुरुङ र विश्वकर्मा मध्ये एकजना सभामुख हुने एमालेभित्र चर्चा चलिरहेको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार