प्रधानमन्त्री प्रचण्ड र सचिवहरूबीच मन्त्रालयगत कामबारे छलफल
नेपालबहस संवाददाता
पुस १८, २०७९ सोमबार २१:५५:५०
१८ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विभिन्न मन्त्रालयका सचिवहरुसँग सोमबार छलफल गरेका छन् । उनले मन्त्रालयगत कामको विवरणबारे जानकारी लिन सरकारका सचिवहरूसँग छलफल गरेका हुन् । सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्री दाहालले मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने कार्यतालिका बनाएका छन् ।
आजको विवरण अध्यायन गरेर मंगलबार सबै सचिवलाई राखेर एकमुष्ठ निर्देशन दिने बताइएको छ । तेस्रोपटक प्रधानमन्त्रीमा चयन भएपछि प्रचण्डले पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यसका कामकारबाहीको विवरण लिएका हुन् ।
सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालय र निकायको कामकारबाही जानकारी लिने काम सुरु गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपालबहसलाई जानकारी दिए । छलफलको क्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेका समस्याबारे प्रधानमन्त्री दाहाल समक्ष ब्रिफिङ गरेका थिए । सचिवहरूको ब्रफिङको क्रम भोलि मंगलबार मात्रै सकिने र त्यसपछि मात्रै प्रधानमन्त्री दाहालले निर्देशन दिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार
गृह मन्त्रालयले भन्यो, ‘अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार