एभरेष्टलाई पराजित गर्दै नेपाल पुलिसको लगातार दोस्रो जित
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २०:१६:५
२५ पुष, काठमाडौं । राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि आइतबार भएको पहिलो खेलमा पुलिसले नयाँबजार युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो ।
आजको खेलमा पुलिसले एभरेष्टलाई पहिलो सेट २५–१४ ले हरायो भने खेलको दोस्रो सेट २५–९ ले जित्यो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–६ ले आफ्नो पक्षमा पा¥यो । यस जितसँगै समूह ‘ए’ मा रहेको पुलिसले दुई खेलमा छ अङ्क जोडेको छ ।
त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा न्यू डायमण्ड एकेडेमीले नयाँबजार युवा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुआत गरेको छ । न्यु डायमण्डले नयाँबजारमाथि पहिलो सेट २५–२ ले जित्यो भने दोस्रो सेट २५–८ तथा तेस्रो सेट २५–६ ले हरायो । जितसँगै समूह ‘ए’ को न्यू डायमण्डले तीन अङ्क जोडेको छ । च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् ।
च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार