आर्थिक मन्दीले व्यवसायीहरुको व्यवसाय ठप्प, व्यापार चौपट्ट
यज्ञप्रसाद भट्टराई
पुस २८, २०७९ बिहिबार १९:४३:२२
लामो समयदेखिको आर्थिक मन्दीका कारण अहिले नेपालका अधिकांश ठूला तथा मझौला व्यवसायीहरु धरासायी बन्दै गइरहेका छन् । लामो समयसम्म कोरोनाको कहरमा परेर बिस्तारै तंग्रिन लागेका व्यवसायीहरुलाई विश्वब्यापी रुपमा देखापरेको आर्थिक मन्दीको चपेटाले समेत सताएको छ । निक्कै ठूला र आर्थिक कारोबारमा उत्कृष्ट व्यवसायीहरु पनि अहिले आर्थिक प्रगतिको ओरालो यात्रातर्फ गइरहेको देखिन्छन् ।
बजारमा तरलताको अभाव झनै डरलाग्दो गरि फैलिदैछ । नेपाल राष्ट्र बैंक, बैक तथा वित्तीय संस्थाहरु, सहकारी तथा लघुबित्तहरुको लगानीको ठूलो हिस्सा नेपालका व्यापारी वर्गमा नै रहेको छ । व्यापार प्रर्बद्धन हुनसके आर्थिक गतिबिधिहरु बढने र बजारमा तरलता अभाव कम हुने आकांक्षामा बसेका लाखौं व्यवसायीहरु निरन्तरको तरलता अभावले निराश बनेका देखिन्छन् । हिजो दैनिक लाखौको व्यापार गर्ने व्यवसायीहरु अहिले सटर खोलेर बन्द गर्नुपर्ने अवस्थामा पुगेका देखिन्छन् । यो आर्थिक तरलताको अभाव कहिलेसम्म लम्बिने हो भन्ने अनुमान पनि अब लगाउन कठिन भैसकेको छ ।
बिगतमा स्थानीय निर्वाचनपछि बजारमा आर्थिक तरलता हटेर जाने धेरैले अनुमान गरेका थिए । तर यो चाहना केवल चाहनामै सीमित हुन पुग्यो । बीचमा आएको दशैंतिहारमा पनि भनेजस्तो ब्यापार गर्न नपाएका व्यवसायीहरु संघीय निर्वाचनपछिको सहजताको सपना देखेर बसेका थिए । तर, आम निर्वाचन सकिएर नयाँ सरकार गठन भैसक्दा पनि बजारमा तरलताको अभाव उत्तिकै देखिएपछि अहिले व्यापारी तथा उद्योगीहरु मर्नु न बाँच्नुको दोसाधमा उभिएका छन् ।
बिगतमा बैंक तथा वित्तीय संस्थाहरुबाट सरल र सहजताका साथ प्राप्त गरेको कर्जाको सावाँ ब्याज भुक्तानी गर्न समेत अहिले व्यापारीहरुलाई हम्मेहम्मे पर्ने गरेको गुनासो आउने गरेको छ । बजार अनुगमनका क्रममा कर्जा असुलीमा जाँदा रकम असुली गर्न त परै जाओस व्यापारीहरुका गुनासाहरुका चाँङ्ग बोकेर फर्कनु पर्ने अवस्था छ । बैंक तथा वित्तीय संस्थाको निरन्तरको ताकेताका कारण अहिले ब्यवसायीहरु थप पीडामा परेको अनुमान लगाउन सकिन्छ ।
कर्जा लिंदाका बखत जुनप्रकारको आर्थिक सहजता थियो अहिले त्यसको ठिक बिपरित अवस्था सृजना हुन थालेपछि प्रायः महिनाको अन्त्यमा या मसान्तमा व्यवसायीहरु सटर बन्द गरेर बस्न थालेको बैंक तथा वित्तीय संस्थाका संचालकहरु बताउँछन् । बिगतमा लिएको कर्जाको सावाँ तथा ब्याज मात्रै हैन हजारौं रुपैयाँ हर्जाना तिर्नुपर्ने अवस्था आए पछि बिगतमा धेरैवटा सहकारी संस्थाहरुबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु आर्थिक मन्दीका कारण सहकारी संस्था देख्यो कि डराउने सहकारी फोबिया लागेको अवस्थामा पुगेका छन् ।
यता बैंक तथा वित्तीय संस्थाहरुका भने आफ्नै गुनासाहरु रहेका छन् । सहजताको फाईदा उठाउने अनि समय अलिकति असहज हुने बित्तिकै पिठ्यूँ फर्काउने कार्य ब्यापारी वर्गहरुले पनि गर्न नहुने उनीहरुको तर्क छ । समस्यामा परेकालाई थप समस्यामा पार्नु हाम्रो उद्धेष्य नभएको बताउने वित्तीय संस्थाहरु ब्यापारी वर्गबाट कर्जा असुल उपर नभएमा बैंक तथा वित्तीय संस्थाले पनि कर्जा भुक्तानी गर्न नसक्ने अवस्थाको समस्या र मर्म बुझिदिनु पर्ने तर्क छ । व्यापारीहरुका लागि पुर्नकर्जाको सुबिधा समेत प्रदान गर्दै आइरहेका बैंक तथा वित्तीय संस्थाहरुले ब्यापारीहरुलाई समस्यासँग भाग्ने हैन सहकार्य गरेर समाधान गर्दै जान अनुरोध गर्ने गरेको पाइएको छ ।
अहिले ब्यवसायीहरुको व्यवसाय ठप्प र व्यापार चौपट्ट भएको भएको छ । आफ्नो स्वपूँजी समेत समाप्त भएको र बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा समेत सहजताका साथ तिर्न नसक्ने अवस्था आए पछि ब्यापारी वर्गमा मानसीक तनाव र पारिवारिक असहजता एकैसाथ थोपरिएको छ ।
एकातर्फ परिवार चलाउन धौं धौं, अर्कोतर्फ ब्यवहार मिलाउन धौं धौं को स्थितिमा कसरी व्यवस्थापन गरेर जाने भन्ने चिन्ताले डिप्रेशनको सिकार हुने र इच्छा मरणको बाटो अपनाउन सक्ने अवस्थातर्फ बेलैमा सोच्न नसक्ने हो भने यसले अर्को ठूलो बिपत्ती ल्याउन सक्ने अनुमान लगाउन सकिन्छ । यसका लागि सरकारले कर्जा सहजता नीति र कर्जा भुक्तानीमा सरलता नीति बनाई सोहि अनुरुप बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गरी तत्काल कार्यान्वयनमा ल्याउन आवश्यक भैसकेको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपनेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
गम्भीर मोडमा उभिँदै गरेको अर्थतन्त्र सुधार्न दलका नेताहरुको ओठे प्रतिबद्धता ?
जेठ १, २०८१ मंगलबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन
जेठ १, २०८१ मंगलबार
सन्दीपको मुद्दा भट्ट र उप्रेतीको इजलासमा, सुनुवाइ जारी
जेठ १, २०८१ मंगलबार
विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर
जेठ १, २०८१ मंगलबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार
राष्ट्रपति आउनुअघि संसद परिसरमा गरियो कसरी सवारी गराउने भन्ने अभ्यास
जेठ १, २०८१ मंगलबार
फलफूल, तरकारी र दूध उत्पादन गर्ने किसानलाई अनुदान
जेठ १, २०८१ मंगलबार