गण्डकी प्रदेशलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार १९:३२:२३
२७ पुष, काठमाडौं । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले खेलको पहिलो सेट २५–११ ले जित्यो भने दोस्रो सेट २५–१० को जित निकाल्यो । त्यस्तै खेलको तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्यो । यस जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले दुई खेलबाट ६ अङ्क जोडेको छ । पराजित गण्डकीको भने यो लगातार दोस्रो हार हो ।
त्यस्तै महिलातर्फको समूह ‘ए’ बाट साबिक विजेता न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । च्याम्पियनशिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् ।
च्याम्पियनशिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछन् भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार