एनआरएनए चीनले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण [ फोटो फिचर ]
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार १९:१:९
२८ पुष, ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको छ।
दक्षिणकाली २ खोकानामा रहेको नेपाल कुष्ठरोग निवारण संघबाट सञ्चालित खोकना आरोग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठरोगी विरामी र तिनका कुरुवालाई न्यानो कपडा वितरण गरेको हो।
ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चौलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीको लागि विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएको र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।
एनआरएनए चीनले खोकना आरोग्य आश्रमका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिव यादव अर्याल, सह(कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाललगायतका सहभागी थिए ।
नेपाली संघ चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार