सत्ता वार्गेनिङमा ओलीभन्दा पावरफुल भए प्रचण्ड !
केदार भट्टराई (काका)
माघ ४, २०७९ बुधबार १९:०:५१
४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटारमा डाकेको सर्वदलीय बैठकमा सत्ता समीकरणमा बाघ देखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रक्षात्मक ढंगको नेपाली कांग्रेसप्रति आक्रमक शैलीमा प्रस्तुत भए । सर्वदलीय बैठक कुन विषयमा केन्द्रित रहेर डाकिएको थियो भन्ने तर्फ भन्दा पनि ओली राष्ट्रपति कांग्रेसलाई दिन नमिल्ने तर्कमा उत्रिए ।
उनले पुष १० भएका सहमतिमा अब कुनै परिवर्तन गर्न नमिल्नेमा जोड दिएर कांग्रेसले प्रतिपक्षको हैसियत गुमाएको बताए । उनी यसरी बैठकमा प्रस्तुत भएका थिएकी कांग्रेसको आड लिएर प्रधानमन्त्री प्रचण्डले एमालेले प्रधानमन्त्री बनाएर लगाएको गुन विर्सन खोजिरहेको छ, कांग्रेस सर्वदलीय बैठकमा आउनु अनुचित छ । सत्ता गठबन्धनसँग कांग्रेसले सामिप्यता देखाउनु र शक्तिको भागबण्डमा सहभागिता जनाउनु गलत छ ।
कानुन, व्यवहार र राजनीतिक रुपमा प्रमुख प्रतिपक्षको हैसियतसमेत नभएको कांग्रेसले सत्ता घटक दलबीचमा फाटो ल्याउने कोसिस गरेको भनाइ ओलीले राखेपछि कांग्रेसले उनको भनाइमा आपत्ति जनायो । सर्वदलीय बैठकमा ओलीको प्रस्तुतिलाई लिएर सामाजिक सञ्चालमा विभिन्न टिक्काटिप्पणी पनि भएका छन् । मन्त्रिपरिषद विस्तारपछि सत्ता गठबन्धन दलसँग पुष १० भएको सहमतिको काम सकिएको भन्दै प्रधानमन्त्री प्रचण्डले अब नयाँ परिस्थिति अनुसार नयाँ ढंगको राष्ट्रिय सहमति गरेर जानुपर्ने आफ्नो विचार रहेको र सबैको यसबाारे धारण बुझ्न सर्वदलीय बैठक बोलाएको जानकारी गराएपछि ओली कड्किएका थिए ।
प्रमुख मुद्दामा राष्ट्रिय सहमति जुटाउन बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावमा ओलीले किन प्रतिवाद गर्नुको कार।ण थियो । कांग्रेसले विस्वासको मत दिएपछि प्रधानमन्त्रीसँग ओलीको वार्गेनिङ पावर घट्नु । ओलीले चार पदमा १० गते नै सहमति भइसकेको भन्दै फेरी सहमतिको आवस्यकता नभएको, राष्ट्रपति र सभामुख दुवै पद एमालेले पाउने समझदारीका आधारमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर्क गरे ।
विस्वासको मत पछि बदलिएको परिस्थितिले गर्दा ओली यतिबेला प्रधानमन्त्रीलाई दवावमा राख सक्ने अवस्थामा पनि छैनन् । मैले भनेअनुसार भएन भने तिमिलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने अवस्थामा पनि ओली छैनन् । उनले प्रचण्डमााथि दवाव दिएको अवस्थामा उल्टै प्रचण्डले तिमि नभए केहि फरक पर्दैैन भन्ने अवस्था आएको छ । प्रधानमन्त्रीले राजनीतिक स्थिरता, विकास, समृद्धि र सुशासन कायम गरेर मुलुकको अर्थतन्त्र उठाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न खोजिएको बताइरहँदा ओलीको ध्यान भने न्यत्रै छ ।
उनी कुनै पनि बहानमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा भागबन्डा गरौं भन्ने पक्षमा छैनन् । यी सबै पुस १० गते २ बजे नै सहमति भइसकेको उनको भनाइ छ । पुष १० मा भएको सहमति कार्यन्वयन गराउन प्रधानमन्त्रीलाई उनले बाध्य बनाउन सक्ने स्थिति टर्दै गएपछि प्रचण्डको राष्ट्रिय सहमतिको प्रस्तावको खिलापमा ओली उत्रिएका हुन् । बैठकमा सहभागी एक नेताले नेपालबहसलाई बताएअनुसार ओलीको प्रतिवादमाथि प्रतिवाद गर्दै प्रचण्डले पुस १० गते र २६ गतेपछिको राजनीतिक अवस्था परिवर्तन भइसकेको जवाफ दिएका थिए ।
यो जवााफ पाएपछि कांग्रेसलाई राष्ट्रपतिको आस नगर्नू भन्दै ओली बैठक छाडेर बाहिरिएका थिए । ओली बाहिरिएपछि सर्वदलीय बैठक पनि सकिएको थियो । सर्वदलीय बैठकमा ओलीको भनाइले पनि उनी अहिले प्रधानमन्त्रीसँग रक्षात्मक अवस्थामा पुगेको अडकल काटिन थालेको छ । अब उनलाई आफुले चाहे अनुसार प्रधानमन्त्रीलाई चलाउन नसकिने विश्वास भइसकेको छ । यसै कारण ओली कांग्रेसलाई जसरी हुन्छ प्रधानमन्त्रीबाट टाडै राख्न चाहिरहेका छन् । यता, प्रधानमन्त्री प्रचण्डले पनि ओलीको भावना र राष्ट्रपतिमा आफै जाने रणनीति बुझेर कांग्रेससतिको राष्ट्रिसहमति खोजिरहेका छन् ।
नेताको भनाइ अनुसार ओलीको भनाइप्रति प्रतिवाद गर्न र राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र स्वतन्त्र सांसद अमरेश सिंह लगयतले पनि समय खर्चिएका थिए । तर, ओली आफुले एकोहोरो राष्ट्रपति कांग्रेसले नपाउने तर्क राखेर कुरै नसुनी बाहिरिए । प्रधाानमन्त्रीले पुष १० सहमति माघ ३ गते मन्त्रिपरिषद विस्तार भएपछि सकिएको भनाइले ओली थप विक्षिप्त देखिएका छन् । उनलाई राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गरेर प्रचण्डले एमालेलाई सरकारबाटै बाहिर पठाउने डरले सताउन थालेको छ ।
कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सहयोग गर्ने वचन दिएकै कारण सरकारलाई विश्वासको मत दिइएको तर्क अघि सार्दै आएका छन् । तर, प्रचण्डले यस विषयमा नयाँ सूचना दिएका छैनन् । यसैलाई आधार बनाएर सभामुख मााओवादीले पाएको अवस्थामा उम्मेदवारी नै नदिने तर, एमालेको हुने भए दिने भन्ने निर्णाय गरेको थियो । अहिले कांग्रेससँग राष्ट्रपतिबारे भइरहेको परामर्शलाई लिए ओली सशंकित भनिरहेका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपगिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार
अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी
जेठ २, २०८१ बुधबार
मेलम्ची खानेपानी प्रशोधन केन्द्र
जेठ २, २०८१ बुधबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
सुनसरी र मोरङबाट ६९० किलोग्राम गाँजासहित चार जना पक्राउ
जेठ २, २०८१ बुधबार