सशस्त्रको छानबिनः एसपी बस्नेतको ध्यान ‘अर्थ’तिर, मूख्यालय अनुसन्धानतिर
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १५:१७:८
५ माघ, काठमाडौं । सशस्त्र प्रहरी बाँकेका एसपी जनकराज बस्नेतलाई आर्थिक अनियमितता गरेको आरोपमा छानबिनका लागि सशस्त्र मूख्यालयमा तानिएको छ । सशस्त्र प्रहरी मूख्यालयले बाँकेको जानकी गाउँपालिका–१ स्थित बढैया बिओपीको पुरानो भवन सुटुक्क बेच्ने निर्णय गर्दै आर्थिक अनियमितता गरेको आरोपमा बस्नेतसहित बाँके जिल्ला केही विओपी इन्चार्जहरुलाई पनि छानवीनका लागि २४ घण्टाभित्र हाजिर हुन काठमाडौं बोलाइएको हो ।
सशस्त्र मुख्यालयले उनीसहित पाँच जनालाई आज ५ गते कार्यालय समयभित्र हल्चोक आइपुग्न निर्देशन दिएको स्रोतले जनाएको छ । एसपी बस्नेतसँगै जमुनाहा बिओपीमा कार्यरत इन्स्पेक्टर रोशन जोशी, असईहरु दिपक बोहोरा,तारासिंह भाट र शीतल सोनी छन् । पाँचै जनालाई मुख्यालयस्थित सीमा सुरक्षा विभागमा प्रतिवेदन बुझाउने गरी उपस्थित गराउन नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी,बाँकेलाई मुख्यालयले पठाइएको थियो । एसपी बस्नेतसँगै इन्स्पेक्टर भानबहादुर कार्की र बिष्णु मुसिखोलाले मिलेर नयाँ भवन निर्माण भएपछि पुरानो भवन र जग्गा विक्री गरेको आरोपमा उनीहरुलाई मूख्यालय बोलाइएको हो ।
त्यतिमात्र होइन सपी बस्नेतले असई तिर्थ भाट र गोविन्द शुक्ला बिहारीमार्फत नेपालगन्जको हड्डीचोकबाट कपडा तस्करहरुसँग नियमित रुपमा आर्थिक लाभ लिने गरेको समेत प्रमाण सशस्त्र मूख्यालयमा आएपछि उनीहरुमाथि थप कारवाही हुने बताइएको छ ।
सशस्त्रको छानविनमा परेका इन्स्पेक्टर रोशन जोशी पनि उस्तै विवादित प्रहरी अधिकृत भएकाले उनलाई पनि फिर्ता बोलाइएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनका भतिजा प्रकाश देउवाको जोडबलमा जोशी कैलाली बिओपीबाट नीतिविपरित अर्को आर्थिक रुपले आकर्षक मानिएको जमुनाहमा ५ महिनाअगाडि ठाडै सरुवा भएका थिए ।
कैलालीको बिओपीमा दुई वर्ष काम गरेका उनी जमुनाह आएको पाँच महिनामै बस्नेतसँग छानवीनमा परेका थिए । जानकी गाउँपालिका वडा नम्बर १ शिवपुरीस्थित नेपाल–भारत अवैध नाकाबाट समान ल्याउन एसपी बस्नेतले नै आफ्ना सहयोगी खटाउने गरेको समाचार यसअघि पनि नेपाल बहसले सार्वजनिक गरेको थियो । त्यहाँका स्थानीय बासिन्दाका अनुसार उक्त नाकाबाट दैनिक रुपमा सशस्त्र प्रहरीकै सेटिङमा बिना भन्सार कराडौंको सामान नेपाल ल्याउने गरिएको छ ।
स्थानीयका अनुसार उक्त नाकामा एसपी बस्नेतले मात्र आफ्ना कर्मचारीलाई ड्युटीमा खटाउने गरेको थिए । सिमापारी भारतीय बजारबाट मालबाहक सवारी साधन, साइकल, मोटरसाइकल, अटोरिक्सा, लगायत सवारी साधनमार्फत तस्करले खाद्यान्न, लत्ता कपडा, इलेक्ट्रोनिक्स सामान, मोटर पार्ट्स लगायत भन्सार छलेर ल्याउने काममा एसपी बस्नेतकै सहयोगीहरु क्रियाशील रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
सलमान खानको घर फायरिङ काण्डः हरियाणाबाट छैटौं आरोपी पक्राउ
जेठ १, २०८१ मंगलबार
इतिहासकार एवं प्राज्ञ ज्ञानमणि नेपालको निधन
जेठ १, २०८१ मंगलबार