विभागीय प्रमुखहरुलाई बोलाएर प्रधानमन्त्रीले लिए जानकारी
नेपालबहस संवाददाता
माघ ११, २०७९ बुधबार २२:३३:२०
११ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुष्पकमल दाहाल प्रचण्डले मातहतका निकायका प्रमुखहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर भइरहेका कामबारे जानकारी लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहमा रहेका निकायका प्रमुखसँग उनले अहिलेसम्म भएका काम र त्यसमा देखिएका समस्याकाबारे जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले यसअघि सबै मन्त्रालयका सचिवहरुबाट मन्त्रालयगत कामको जानकारी लिएर आगामी दिनको कामबारे निर्देशन दिएका थिए । प्रधानमन्त्री कार्यलय मातहतमा रहेको विभिन्न विभागको कामलाई लिएर अहिले सवत्र आलोचना भइरहेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले आफूमातहतका आयोग, विभाग र कार्यालयका प्रमुखलाई बोलाएका थिए ।
ब्रिफिङमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठ, राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले भइरहेका कामबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए ।
ब्रिफिङमा कार्यालय प्रमुखहरूले आफ्नो मातहतका कार्यालयहरूको नीतिगत कार्यादेश, प्रगति अवस्था, गरिएका पहलहरू, कार्यालयका समस्याहरू र आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव प्रस्तुत गरेका थिए । प्रधानमन्त्रीले अर्को दिन बाँकी कार्यालय प्रमुखहरूको ब्रिफिङ सुनिसकेपछि निर्देशनात्मक कार्यादेश दिने बताइएको छ । प्रधानमन्त्री मातहतमा रहेका सतर्कता केन्द्र र सम्पती शुद्धीकरण विभागका बामबारे विभिन्न चासो व्यक्त भइरहेका छन् । राष्ट्रिय अनुसन्धान विभागको कामप्रति पिनि असन्तुष्टि बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार
गृह मन्त्रालयले भन्यो, ‘अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार