सर्वोच्चले ‘एलियन’ बनाएका रवि !
विनोद त्रिपाठी
माघ १३, २०७९ शनिबार ४:०:१४
सर्वोच्च अदालतले रवि लामिछानेसँग नेपाली नागरिकता नभएको ‘अनागरिक’ व्याख्या गर्दै फैसला सुनाएको छ । अर्थात, अहिले रविसँग कुनै देशको नागरिकता छैन । फैसलाको अन्तर्य स्पष्ट बुझ्न सकिन्छ, ‘उनी यो पृथ्वीको कुनै मुलुकको नागरिक होइनन् ।’ त्यसो भए रवि कुन देशका नागरिक हुन् त ? यसमा त सर्वोच्च बोलेको छैन ।
रवि नेपालमा जन्मे, नेपालमै हुर्के । शुद्ध नेपाली नाम ‘रवि’ छ । नेपाली वर्ण र रंग भएका रवि अहिले नेपाली भएनन् ! यो आश्चार्य लाग्दो फैसला अदालतले गरिदिएको छ । सम्मानित अदालतको यो फैसलाले विदेशमा रहेका लाखौं नेपाली नागरिकलाई ‘अनागरिक’ बनाउने नजिर स्थापित गरिदिएको छ । यो डरलाग्दो फैसला कहाँबाट जन्मियो, यो जान्न आवश्यक छ । किनकी, जे हुन्छ, नेपालमै हुन्छ । अचम्म त के छ भने आज (२०७९–१०–१३) को फैसलामा रवि नेपाली नै होइनन् भन्ने अर्थ लुकेको छ ।
हरेक नेपाली विदेश जान्छन् । काम गर्न, पढ्न, घुम्न र बस्न । कोही स्वदेश फर्किन्छन् । स्वदेश फर्कने मध्येका एक थिए, रवि । उनी अमेरिका गए । मातृभूमिमै बस्छु भनेर फर्किए । नौ बर्षअघि लिएको अमेरिकी नागरिकता उनले २०७५ साल असार १४ मा त्यागे । उनीसँग भएको पुरानो नेपाली नागरिकता छँदै थियो । यही नागरिकता सक्रिय हुन्छ भन्ने उनीमा विश्वास भयो । उनी निकट कानुनका जानकारले पनि यस्तै सल्लाह दिए । उनले सजिलै पत्याए । त्यही अनुसार, उनले काम गर्दै गए ।
कानुन बमोजिम सबैतिर चलिरहेकै थियो । ०७९ साल मंसिरको चुनावमा उनको नेपाली नागरिकताको प्रसंग उठ्यो । यो प्रश्न उठ्नुअघि उनले पार्टी दर्ता गराए । चुनाव लडे । जिते । मन्त्री भए । कहिंकतै कानुनी अड्चन भएन । रविलाई लाग्यो, नागरिकता सक्रिय नभएको भए यी सबै तमाम काम कसरी भए ? यही जिकिरमा अडिग भए । अन्ततः २०७९ साल माघ १३ गते सर्वोच्चले यी सबै सारा प्रक्रिया अबैध सावित गरिदियो । अहिले उनी एक ‘अनागरिक’ छन् ।
आम सर्वसाधारणलाई लाग्न सक्छ, अब रवि कुन देशका नागरिक हुन् त ? यो जिज्ञासा उठ्नु स्वभाविक पनि हो । पुथ्वीमा भएका हरेक नागरिक कुनै न कुनै देशको नागरिक छन् । उनीहरुसँग आफ्नो देशको नागरिकता छ । तर, नेपालमा यतिबेला रविसँग कुनै देशको नागरिकता छैन । ब्रम्हाण्डमा कयौं ग्रह मध्ये पृथ्वी पनि एउटा ग्रह हो । अन्य ग्रहमा कस्ता जीव बस्छन्, अहिलेसम्म प्रमाणित छैन । वैज्ञानिकहरुले मंगलग्रहमा एलियन नामका मानिस जस्तै जीव बस्ने आंकलन गर्दै आएका छन् । ती जीवहरुलाई अहिलेसम्म एलियन भनिन्छ । अन्य ग्रहमा पनि यस्तै एलियन हुनसक्ने अड्कलबाजी केही वैज्ञानिकले गरेका छन् ।
ती त भए अन्य ग्रहमा भएका नागरिक अर्थात, एलियन । पुथ्वीमा भएका मानिसहरु त कुनै न कुनै देशको नागरिक हुन् । यो धर्तिका मानिसहरु मात्र होइनन्, कुनै एक देशका नागरिक पनि हुन् । तर, सर्वोच्च अदालतको यो फैसला भएको समयदेखि अर्को नागरिकता नलिंदासम्मको अबधिभर रवि भने संसारभरको कुनै देशको नागरिक हुने छैनन् । के रवि मानिस भएर पनि नागरिक होइनन् ? के रवि नेपाली भएर पनि नेपाली होइनन् ? के रवि सुडानी हुन् वा कोरियन हुन् वा अफ्रिकन ! अमेरिकी त उनी चारबर्ष अघि नै रहेनन् ? नेपाली पनि होइनन् भने के रवि अर्के ग्रहबाट आएका ‘एलियन’ हुन् ? अर्के ग्रहबाट पुथ्वीमा झरेका एक शक्तिशाली एलियन, जो पृथ्वीमा आएपछि मानिसमा रुपान्तरण भए ! यस्ता ब्रम्हाण्ड कै तर्क गर्ने अदालतले आधार सृजना गरिदिएको छ । सर्वोच्चको यो फैसलाले रवि नेपालमा बस्ने तर, संसारको कुनै पनि देशको नागरिकता नभएको एक ‘अनागरिक’ सावित गरिदिएको छ । यो फैसलाले मानिसहरुबीच एक अप्रत्याशित अनेक व्याख्या गर्ने बाटाहरु सृजना गरेको छ ।
विदेशमा अहिले करिब ५५ लाख नेपाली रहेको अनुमान छ । किनकी, भारतमा यति नै संख्यामा नेपाली छन् भन्ने यकिन तथ्यांक छैन । संसारका सबै मुलुकमा बस्ने नेपालीहरुलाई नेपालको माया छ । उनीहरु जहाँ बसेपनि नेपालको माया गरिरहन्छन् । कयौं नेपालीहरुको सम्बन्धित देशको नागरिकता लिएर पनि नेपालभित्र उनीहरुको सम्पति छ । उनीहरुको यहाँ परिवार र आफन्तहरु छन् । कयौैं नेपालीहरु ती देशमा लिएका नागरिकता त्यागेर स्वदेश आएर बसेका छन् ।
कयौं स्वदेश आउने तरर्खरमा छन् । यस्ता महत्वपुर्ण सवालमा हाम्रो कानुन मौन छ । खाली उही संविधानको धारा १३ र नागरिकता ऐन २०६३ को दफा ११ देखाएर अड्चन पैदा गरिएको छ । रविको यो फैसला पहिलो भएपनि सात बर्षअघि लेखिएको हाम्रो संविधानमा उल्लेखित धारा नेपाली जनताको लागि कति सुविधाजनक रहेछ वा रहेनछ भन्ने सवाल उठाएको छ । यो फैसलाले रविमाथि केहि अबरोध सृजना मात्र गरेको छैन, विदेशमा रहेका लाखौं नेपालीमाथि घन बर्सिएको छ । उनीहरुलाई घोर निराशा बनाएको छ । बिश्वभरका नेपाली नागरिक अन्योलमा परेका छन् । के यो फैसला नेपाल र नेपालीको हितका लागि छ त ? यो प्रश्न चौतर्फी फैलिएको छ ।
हुन त, हाम्रो न्यायालयको प्रणालीमाथि प्रश्न उठेको धेरै बर्ष भयो । राजनीति भागबण्डामा आधारित न्यायाधीशको चयनबाट सृजना हुने यस्ता फैसलाहरू स्वभाविक मान्नुपर्छ । कुनै पनि मुलुकमा न्यायाधीश यो फलानो पार्टी नजिक, त्यो फलानो पार्टीको भनेर चयन गरिंदैन । यो नेपालमा मात्र छ । हाम्रोमा त वारको चुनावमै दलगत प्रक्रिया हुन्छ । त्यही वारदेखि हुने राजनीति भागबण्डा न्यायाधीशसम्म आएर बाँडिन्छ । अहिले पनि सर्वोच्च अदालतमा भएका केही न्यायाधीश कुनै राजनीति दलका पुर्व सांसद हुन् । कुनै पनि मुलुकमा न्यायाधीश बन्ने व्यक्ति दलमा आबद्ध भएको हुँदैन । तर, हामी कहाँ यो चल्छ ।
बिचरा ती न्यायाधीशले पनि जनमुखी फैसला गरुन कसरी । प्रणाली नै यस्तै छ । यी तमाम न्यायाधीशहरुको केही दोष छैन । आखिर, न्यायाधीश भएपनि यही समाजका उत्पादन नै हुन् । अनि, रवि र अन्य लाखौं रविहरूलाई ‘एलियन’ अनागरिक सावित गर्नु कुन नौलो काम भयो र ! त्यसैले, प्रणाली, कानुन, प्रमाण र विधिका आडमा भएका यी फैसलाहरूले कुनै दिन नेपालीको पहिचान मेटियो भने पनि आश्चार्य नमान्दा हुन्छ । किन की, हामीले बलिदान गरेर यस्तै संविधान बनाएका छौँ । हामी त्यही बलिदानबाट निर्मित संविधानका एलियनहरु हौं !
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।
लेखकबाट थपनेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
गम्भीर मोडमा उभिँदै गरेको अर्थतन्त्र सुधार्न दलका नेताहरुको ओठे प्रतिबद्धता ?
जेठ १, २०८१ मंगलबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार