माओवादीसँग निकटता बढाउने प्रयासमा कांग्रेस, एमाले झन् आक्रामक
कुसुम सेञ्चुरी
माघ १५, २०७९ आइतबार १८:२६:१४
१५ माघ, काठमाडौं । नेपाली राजनीतिमा पछिल्लो चर्चाको बिषय बनेको छ राष्ट्रपति पद । पछिल्ला राजनीतिक घटनाले पनि राष्ट्रपतिमा नयाँ को आउलान् भन्ने चासो र चर्चा बढ्दै गएको छ । राष्ट्रपति कुन दलले कसले उठाउने बाहिरी रुपमा चर्चा भएपनि निश्चित रुपमा यो पार्टीबाट यो अनुहार हुने भन्ने टुंगो लागिसकेको छैन ।
दलका नेताहरु यतिबेला राष्ट्रपतिका लागि आफैं र निकट नेतामार्फत लबिङ सुरु गरिसकेका छन । हुन त अनुमानका भरमा बाहिर केही नेताको चर्चा भएपनि कुन पार्टीबाट राष्ट्रपतिको लागी को उम्मेदवार भन्ने बिषय कुनै पनि दलले टुंग्याएका नै छैनन । माओवादीसँग निकटता बढाउने प्रयास गरिरहेको कांग्रेसप्रति प्रमुख सत्ता घटक एमाले झन् आक्रामक बनेको छ । नयाँ सरकार गठनअघिसम्म सहकार्यको विषयमा छलफलमा रहेका कांग्रेस र एमाले पछिल्लो समय एक–अर्काप्रति आक्रामक बनेका हुन् ।
सिधा अर्थमा भन्नु पर्दा अहिले चर्चाकै बिषय भनेको राष्ट्रपति निर्वाचनको लागी दुई दलबीच द्वन्द्व सुरु भएको छ । फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनसम्म पुग्दा यो द्वन्द्व अझै विकराल नहोला भन्न सकिदैन । दुवै दल राष्ट्रपतिमा आफूले चाहेको उम्मेदवार निर्वाचित गर्ने तयारीमा लागेका छन् । यसका लागि निर्णायक मतभार रहेको माओवादीलाई आफ्नो पक्षमा पार्ने कोशिशमा कांग्रेस र एमाले दुवै लागी परिरहेका छन ।
यता एमालेले पटकपटक सत्ता गठबन्धनमा सहमति भइसकेकाले आफ्नो उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ भने कांग्रेसले प्रमुख सबै पद एमालेको पोल्टामा पुगे एकलौटी हुने भन्दै आफूले पाउनुपर्ने धारणा राख्दै आएको छ । एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफूले अघि सार्ने उम्मेदवारलाई माओवादीले सघाउने अपेक्षा लिएको छ । यसका लागि कांग्रेसले संवाद पनि अघि बढाएको छ ।
नयाँ सरकार गठन हुनुअघिसम्म एउटै गठबन्धनमा रहेका कांग्रेस र माओवादीबीच पछिल्लो समय बढ्दै गएको निकटताबाट एमाले नेताहरू झस्किएका छन । पुष १० मा नयाँ समीकरण बन्नुअघिसम्म एमालेको आलोचनाको केन्द्रमा माओवादी अध्यक्ष प्रचण्ड थिए । कांग्रेस भने गठबन्धन छाडेर गएको माओवादीभन्दा एमालेप्रति बढी आक्रोशित देखिएको छ । प्रदेश तथा अन्यत्र एमालेले उम्मेदवार उठाएका पदमा आफ्नो उम्मेदवार उठाएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने साथ दिइरहेको छ ।
नयाँ सत्ता समीकरण बनाउने बेला एमालेले राष्ट्रपति र सभामुख तथा माओवादीले प्रधानमन्त्री पद लिने सहमति भएको थियो । सत्ता साझेदार दलले राज्यशक्तिका अन्य पदमा भागबन्डा गर्न बाँकी नै छ । उपराष्ट्रपतिमा माओवादीले मुख्य दाबी गर्दै आएको छ । तर प्रधानमन्त्रीमा दाहाललाई समर्थन गरेको जसपाले सरकारमा जान उपराष्ट्रपति पद दाबी गरिरहेको छ ।
प्रधानमन्त्री केही समय मात्रै हुने भएकाले उपराष्ट्रपति पद आफैंले राख्नुपर्ने मत माओवादीका आकांक्षीको छ । स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले संसदीय दल नेता रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उनको निर्वाचन क्षेत्रमा उपचुनाव लड्न चाहेका छन । अध्यक्ष यादव सप्तरी २ मा पराजित भएका थिए । रामसहाय भने बारा २ बाट निर्वाचित भएका हुन ।
राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २९ मा सकिँदै छ । उनी ०७४ फागुन २९ मा दोस्रो पटक राष्ट्रपति निर्वाचित भएकी थिइन । उपराष्ट्रपति पुन भने ०७४ चैत ४ मा चुनिएका हुन । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्षको रहने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले फागुन तेस्रो साता राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरिरहेको छ । राष्ट्रपति हुन संघीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै कानुनले अयोग्य नभएको हुनुपर्ने व्यवस्था संविधानमा लेखिएको छ ।
संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुन्छ । संघीय सांसदको ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको छ । प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५९ र प्रदेशसभाका ५ सय ५० सांसद गरी यो निर्वाचनमा कुल ८ सय ८४ मतदाता हुन्छन् । राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
चुनावको प्रचार सकेर मोदी ४५ घण्टे ध्यानमा
जेठ १८, २०८१ शुक्रबार
ट्रम्प दोषी ठहर, अब राष्ट्रपति चुनाव लड्न पाउछन् ?
जेठ १८, २०८१ शुक्रबार
मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर
जेठ १८, २०८१ शुक्रबार
खोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
न्युरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागिएको होः बालेन
जेठ १८, २०८१ शुक्रबार