रवि लामिछानेको नागरिकता प्रमाणपत्र प्रक्रियामै रहेको प्रशासनको भनाइ
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार १९:५५:३७
१५ माघ, काठमाडौं । गैरनेपाली ठहरपछि गृहमन्त्रीबाट पदच्युत भएका रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिने कार्य प्रक्रियामै रहेको छ ।
आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले पुनः नागरिकताको प्रमाणपत्र लिन निवेदन दिएका थिए । उनलाई नागरिकताको प्रमाणपत्र दिने कार्य प्रक्रियामै रहेको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
‘अहिले उहाँलाई नागरिकताको प्रमाणपत्र दिने प्रक्रियामै रहेको छ,’ उनले भनिन् । अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गर्दै लामिछानेले पुनः नेपाली नागरिकता प्रमाणपत्र माग गरेर निवेदन दिएका हुन् ।
अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए ।
यसपछि आइतबार समर्थकसहित उनी पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् । प्रशासन परिसरमा अहिले उनका समर्थकको भिड लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
इमेलबाट पठाइएका निवेदनको दर्ता नं दिन सूचना आयोगको निर्देशन
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार