भ्रष्टाचार गर्ने मुलुकहरुको सूचीमा अझै सुधारिएन नेपाल
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार १९:४:३८
१७ माघ, काठमाडौं । विश्वका भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल गत वर्षभन्दा एक अंक सुधारिएको छ । गत वर्ष ३३ अंक पाएको नेपालले यस वर्ष २४ अंक पाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनमा भ्रष्टाचार अवधारणा सूचकांक २०२२ मा नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा परेको छ । सीपीआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक प्राप्त गरेको हो । गतवर्ष २०२१ मा नेपालको अंक ३३ अर्थात ११७ औं स्थानमा थियो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालको अंकमा केही सुधार भएतापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको जनाएको छ । राजनीति र नीतिगत भ्रष्टाचारमा नेपाल अगाडी छ । सूचकांकका अनुसार डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।
सीपीआई २०२२ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक, मालदिभ्सले ४० अंक, भारतले ४० अंक, श्रीलंकाले ३६ अंक, नेपालले ३४ अंक, पाकिस्तानले २७ अंक, बंगलादेशले २५ अंक र अफगानिस्तानले २४ अंक प्राप्त गरेका छन् । विश्व अर्थतन्त्रमा उदाइरहेको चीनले ४५ अंक प्राप्त गरेको छ । नेपालभन्दा भारत ६ अंकको सुधारमा छ भने ११ अंक बढिले सुधारमा छ ।
सन् २०२२ मा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भी–डीइएमसहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई सीपीआई २०२२ को आधार मानिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । सन् २०२२ को सूचकांकमा नेपालको स्थान औसत भन्दा तल रहेको अर्थात भ्रष्टाचार गम्भीर समस्याकै रुपमा रहेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सीपीआई २०२२ सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध विश्वभर नै प्रभावकारी कार्य हुन नसकेको, भ्रष्ट सरकारले नागरिकको सुरक्षा गर्ने क्षमता नराख्ने र फलस्वरुप नागरिकमा वितृष्णा र मुलुक द्वन्द्वमा रुपान्तरण हुने उल्लेख गरेको छ ।
एसिया प्रशान्त क्षेत्रमा भ्रष्टाचार विरोधी कदमलाई नै बेवास्ता गरिएको उसले भनेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनले सरकारहरुलाई भ्रष्टाचार विरोधी प्रतिबद्धतालाई प्राथमिकता दिन, सूचनाको हक कायम राख्न तथा नीजी प्रभाव कम गर्दै भ्रष्टाचार र त्यसबाट उत्पन्न हुने द्वन्दबाट मुक्त हुन आग्रह गरेको छ । यसैगरी वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे सर्भेक्षण गरेको छ । ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यातमा घूस र भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ ।
यसैगरी बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको ट्रान्सपरेन्सीले जनाएको छ । वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्वेक्षण गरेको पनि ट्रान्सपरेन्सीले जनाएको छ ।
भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) ले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिका सम्बन्धित भ्रष्टाचारको व्यापकता जस्ता विषयमा सर्वेक्षण गरेको छ । यस्ता विषयमा समस्या कायमै रहेकाले सन् २०२२ को सूचकाङ्कमा नेपालको स्थान औसत भन्दा तल रहेको अर्थात भ्रष्टाचार गम्भीर समस्याकै रुपमा रहेको देखिएको ट्रान्सपरेन्सीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
पौडेललाई १० दिन हिरासतमा राख्ने अनुमति लिएर अदालतमा मुद्दा दायर गर्दै अख्तियार
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार