बैंकिङ घोटालामा कामना सेवा विकास बैंकका सीईओ बस्नेतसहित चार जना पक्राउ
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार २१:१५:५१
१८ माघ, काठमाडौं । कमसल धितोमा अधिक कर्जा प्रवाह गरेको अभियोगमा कामना सेवा विकास बैंकका सीईओसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
कामना सेवा विकास बैंकमा भएको करोडौंको कर्जा अपचलनमा बैंकका सीईओ प्रवीन बस्नेतसहित दुई दर्जन बढी उच्च तहका कर्मचारीको संलग्नता रहेको बारेमा नेपालबहस लगायतका विभिन्न सञ्चारमाध्यामले समाचार प्रकाशित गरेपछि नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण भई विशेष स्थलगत निरीक्षण गर्दा ठूलो कैफियत भेटिएको थियो ।
राष्ट्र बैंकको अनुसन्धानमा सीईओसहितका कर्मचारीहरुको मिलेमतोमा प्रदेश १ को झापा लगायतका स्थानको कमसल जग्गा धितो राखी अधिक मूल्या«कन गराई कर्जा प्रवाह गरेको भेटिएको थियो । गत महिना राष्ट्र बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई थप अनुसन्धान गरी कारवाही गर्न पत्र पठाएपछि सीआईबीले लामो अनुसन्धानपछि ईलाका प्रहरी कार्यालय दमकलाई प्रक्राउ गरी आवश्यक कारवाही गर्न पत्र पठाएको थियो ।
ईप्रका दमकले सोही प्रकरणमा २२ जना भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरी खोजतलास गरिरहेकोमा आज चार जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा बैंकका निर्वतमान सीईओ प्रवीन बस्नेतसहित वीरेन्द्र सिंह भण्डारी, हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा रहेका छन् । हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा ऋणी हुन्।
कामना सेवा विकास बैंकको दमकस्थित शाखाबाट कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।
र याे पनि…… कामना सेवा विकास बैंकमा करोडौंको घोटालाः सीईओ बस्नेतसहित दर्जनौं कर्मचारीबिरुद्ध पक्राउ पुर्जी जारी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
कारोबारको पहिलो दिन नेप्से आज दोहोरो अङ्कले बढ्यो
जेठ २०, २०८१ आइतबार
एक अर्ब ५१ करोड ठगी गरेको आरोपमा पक्राउ परेका सीबी लामा सार्वजनिक
जेठ २०, २०८१ आइतबार
यातायात कार्यालय गौर दलालको लागि आकर्षणको केन्द्र, दुई जना पक्राउ
जेठ २०, २०८१ आइतबार
कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा
जेठ २०, २०८१ आइतबार
तस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार