‘भाग्यचक्र’ युट्युबमा सार्वजनिक
नेपालबहस संवाददाता
माघ १९, २०७९ बिहिबार १९:२०:१२
१९ माघ, काठमाडौं । आफ्ना एकपछि अर्को उपन्यास युट्युबमा सार्वजनिक गरिरहेका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको अर्को उपन्यास ‘भाग्यचक्र’ युट्युबमा सार्वजनिक भएको छ ।
गीत सङ्गीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गरेका उपाध्यायको ‘भाग्यचक्र’ उनकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । उपन्यासको भोइस-ओभर गणेश सुवेदीले गरेका छन ।
सुरेन्द्र पौडेलको रकेर्डिङ, दीपेन्द्र थापाको सम्पादन रहेको लिरिकल भिडियोमा राजिव शाह र कमल अधिकारीको सङ्गीत रहेको छ । ‘पढनका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएका हुनाले अन्य काम गर्दा गर्दै पनि सुनेर पढन सकियोस् भन्ने उद्देश्यले युट्यबमा उपन्यास आफ्ना उपन्याहरू सार्वजनिक गरिरहेको हुँ’, डा। उपाध्यायले भने । उनका हालसम्म १५ उपन्यास पाठकमाझ आइसकेका छन् । डा. उपाध्यायको यसअघि उपन्यास ‘कफिलभ’, र ‘वज्रघात’ युट्युबमा सार्वजनिक भएका थिए । यस्तै अन्य उपन्यासलाई पनि युट्युबमार्फत सार्वजनिक गर्दै जाने उनले जानकारी गराए ।
कीर्तिमानी डा।उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोतारदर्शकमाझ आएका छन् । यस्तै, उनका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् । यतिबेला १६औं उपन्यास लेखिरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार