शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाद्वारा माग
नेपालबहस संवाददाता
माघ २३, २०७९ सोमबार १४:३९:५०
२३ माघ, काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारीसाधन दर्ताका लागि माग गरेको छ । विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यादेश पूरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहारस्वरुप सहयोग प्राप्त सवारीसाधन दर्तामा सहयोग पु¥याउन सेनाले माग गरेको हो ।
शान्ति मिसनबाट फिर्ता र चीनबाट प्राप्त सवारीसाधनको दर्ताका अध्ययन गर्न रक्षा मन्त्रालयले अध्ययन समिति बनाएकामा प्रतिवेदनसमेत प्राप्त भइसकेको मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा बैठकमा जानकारी दिइयो ।
चीनबाट प्राप्त सवारीसाधन दर्ताका सम्बन्धमा सवारी प्रदूषण मापदण्ड संशोधनका लागि वन तथा वातावरण मन्त्रालयसँग अनुरोध गरिए पनि हालसम्म कुनै प्रगति भएको छैन । सेनामा रहेका दुई सय पाँच थान सवारीसाधनको दर्ता र समुचित प्रयोगका लागि रक्षा मन्त्रालयले निकासका विभिन्न उपायको खोजी गरिरहेको छ । हालसम्म ती सवारीसाधन दर्ता नहुँदा समयमा त्यसको प्रयोग हुन नसकी थन्किएर बसेको अवस्था छ ।
हालै सम्पन्न समीक्षा बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले भने, “युएनबाट फिर्ता भएका र चीन सरकारबाट विभिन्न अवसरमा प्राप्त गाडी दर्तासम्बन्धी समस्या छ, त्यो हुन नपर्ने हो । हाम्रो कानुन पनि त्यस्तै छ ।”
सेनाले खरिद गरेको नभई चीनले सेनालाई सहयोगस्वरुप दिएका सवारीसाधन दर्ताका सम्बन्धमा विभिन्न मापदण्ड आवश्यक नरहेको बताउँदै उनले संसारभर प्रयोग भई वार्षिक २० करोड अमेरिकी डलर कमाएर युएनबाट फिर्ता आएका सवारीसाधनको दर्ता र प्रयोगले यहाँको वातावरणलाई कुनै असर नपर्ने धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्रुतमार्गको ठेक्कामा नेपाली सेनाको मनपरी, परामर्शदाता नै परिवर्तन
जेठ १४, २०८१ सोमबार
महाकाली नदीमा सेनाको विपद् नमुना अभ्यास
जेठ १४, २०८१ सोमबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
कृषकलाई हाते ट्र्याक्टर वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
आज दिउँसो देशभर आंशिक बदली हुने
जेठ २०, २०८१ आइतबार
टी-२० विश्वकप आजदेखि सुरु : पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै
जेठ २०, २०८१ आइतबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार