सत्ता साझेदार दलमा अविश्वासः दवावमा प्रचण्ड
कुसुम सेञ्चुरी
माघ २३, २०७९ सोमबार १९:५:५८
२३ माघ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनबाटै रवि लामिछाने र उनले नेतृत्व गरेको पार्टीको बचाउ गर्नु तथा माओवादीले गृहमन्त्रालय लोभ गर्नुले सरकारमा रहेका दलहरुबीच अविश्वासको जरा फैलिएको संकेत गरेको छ । सरकारबाट बाहिरिए पनि समर्थन कायमै राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयले सरकारलाई दिएको विश्वासको मत सुरक्षित रहेपनि सत्ता साझेदार दलहरूबीच अविश्वासको सुरुवात भएको हो । सत्ता गठबन्धनमा आएको अविश्वासले राष्ट्रपति निर्वाचनलाई प्रभाव पार्नसक्ने आंकलन गरिएको छ ।
१६९ सांसदको समर्थनमा १० पुषमा नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ पुषमा कांग्रेससहित २६८ सांसदको विश्वासको मत पाएका थिए । राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टी बाहेक सबै दलले प्रचण्डलाई विश्वासको मत दिएका थिए । उनलाई भारी विश्वासको मत परेपनि गृह मन्त्रालयको विवादले सरकार गठनको ४२ दिनमै एउटा साझेदार दल रास्वपा सरकारबाट बाहिरिएको अवस्था छ । भत्किएको विश्वास जोडेर रास्वपालाई पुनः सरकारमै फर्काउन कोशिस गर्ने सत्ता साझेदार दलहरूको योजना छ ।
तर, रास्वपाका नेताहरूले भने यस्तो सम्भावना कमजोर देखेका छन । गृह मन्त्रालयलाई प्रतिष्ठाको विषय बनाउँदै सरकारबाट बाहिरिएको रास्वपालाई पुनः सरकारमा फर्काउन विभिन्न विकल्पकेन्द्रित छलफल गर्ने पक्षमा प्रधानमन्त्री प्रचण्डसहित साझेदार दल एमाले, माओवादी र राप्रपा देखिएका हुन । माओवादी नेताहरूका अनुसार तत्काल प्रधानमन्त्रीले रिक्त मन्त्रालयमा अरू मन्त्री नियुक्त गर्ने छैनन् । तर पनि राष्ट्रपतिको निर्वाचनमा यसको असर पर्ने संभावनाबारे राजनीतिक क्षेत्रमा चर्चा शुरु भैसकेको छ ।
आइतबार संसदबाहिर प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुराकानी गदै सत्ता साझेदार दलबीचको एकता जसरी पनि बचाउने गरी प्रयास गर्ने बताए । ‘हामी फेरि बसेर समस्या हल गर्नेतिर नै जान्छौँ, मेरो कोशिस त राष्ट्रिय सहमति नै गरौँ भन्नेमा छ । सत्ता साझेदारबीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ,’ संसदबाट बाहिरिँदै गर्दा प्रचण्डले आइतबार भने । साझेदारमध्येको ठूलो दल एमालेले गठबन्धनभित्रको अविश्वासका कारण समस्या आए पनि रास्वपालाई सरकारमा फर्काउन र गठबन्धन बचाउन अन्तिमसम्म प्रयास गर्ने बताएको छ । माओवादीका नेताहरुले पनि रवि लामिछानेसँग सम्बन्ध टुटाउने किसिमका कुनै पनि व्यवहार गर्न नहुने जनाउँदै आएको छ । तर पनि यो सरकारले पाएको समर्थन र विश्वासमा भने कही न कही संकट रहेको प्रचण्डलाई राष्ट्रिय सहमतितर्फ धकेल्न बल पुगेको टिप्पणी हुन थालेको छ ।
एमालेका प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अहिलेको अवस्थामा सहकार्यबाहेक अर्को विषय नभएकाले गठबन्धन दलहरुबीच अविश्वास पैदा हुन नहुने धारणा राख्छन् । ‘अहिलेको अवस्थामा सहमति र सहकार्य नै यो विषयमा सत्ता साझेदार दलहरु नै बढी सजग हुनुपर्छ’, उपमहासचिव गुरुङले भने । उनले लामिछानेको दलले सरकार छाडिहालेको भएपनि फेरि संवाद गरेर फर्कनका लागि नै आग्रह गर्नुपर्ने बताए । ‘सवा महिनामै गठबन्धनमा रहेको एउटा दलले सरकारबाट बाहिरिने निर्णय गर्नु हाम्रा लागि अप्रिय छ । यसका पछाडि थुप्रै कारण हुनसक्छ, ती कारण समयक्रममा खुल्दै जालान । रास्वपाको बाहिरिने निर्णयले ठूलो प्रभाव त पार्दैन किनभने सरकारमाथिको समर्थन कायम राख्ने निर्णय छ,’ उपमहाचिव गुरुङले भने ।
अहिलेको अवस्थामा रवि लामिछाने नेतृत्वको रास्वपाले सरकार छाडेपछि सरकारमा जनाका लागि उपेन्द्र यादवको जनता समाजावादी र महन्थ ठाकुरको लोसपाको रुची भएपनि तत्कालै सरकारमा जाने आधार भने देखिएको छैन । नेकपा एस पनि चाहना र रुची राखेको भएपनि परिस्थिति मिलिसकेको छैन । माओवादी नेताहरूको भनाइमा प्रचण्ड यही गठबन्धन रहिरहोस् तर ओलीको घेराबन्दी नहोस् भन्ने चाहन्छन् । ओली पनि यही गठबन्धनमा राष्ट्रपति, सभामुख र अढाई वर्षपछि प्रधानमन्त्री पाउने गरी गठबन्धनमा दबाब बनाउँदै आएका छन् । सरकार बनेको एक महिनामा एमाले अध्यक्ष केपी ओलीको व्यवहारप्रति प्रधानमन्त्री प्रचण्ड खुशी छैनन् । त्यही भएर सरकारलाई चाहिने १३८ जना सांसदको समर्थन भए पनि हुन्छ भन्नेमा प्रचण्डको मनोविज्ञान देखिन्छ ।
त्यसैले, कांग्रेसको समर्थन कायम राखेर जसपा, एसलाई साथ लिने प्रचण्डको रणनीति देखिन्छ । एमाले, राप्रपा र रास्वपा बाहिरिए कांग्रेसले समर्थन गर्ने प्रचण्डको विश्वास देखिन्छ । अहिले कांग्रेससँग ८९, माओवादी केन्द्रसँग ३२, जसपासँग १२ नेकपा एससँग १०, जनमतसँग ६ र स्वतन्त्र २ गरी एक सय ५० सांसद सरकारको पक्षमा हुने प्रचण्डको विश्लेषण रहेको छ । जनमत पार्टीले मागेको मन्त्रालय नदिएर ओलीले सीके राउतलाई पनि रुष्ट बनाएपछि चिढिएको छ । ओलीसँग चिढिएकाहरुको छुट्टै मोर्चा बन्ने देखिएपनि तत्कालै यो परिस्थितिको विकास भैनसकेको अवस्था छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
मनाङ घुम्न गएका युवक चार दिनदेखि सम्पर्कविहीन
जेठ १९, २०८१ शनिबार
टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?
जेठ १९, २०८१ शनिबार
कस्तो छ आजको मौसम पुर्वानुमान ?
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार