सडकदेखि सडकसम्म !
यज्ञप्रसाद भट्टराई
माघ २४, २०७९ मंगलबार १७:५९:५९
नेपाली राजनीति यति तरल छ कि सामान्यभन्दा सामान्य कुराले पनि असामान्य प्रभाव देखाउँछ । बिषय सानो भए पनि प्रस्तुति ठूलो बनाएपछि यसले नागरिकहरुमा स्थान जमाउन सकिहाल्छ । बिषयको यथार्थता के हो ? किन यी बिषयहरु असामान्य रुपमा उठिरहेका छन् ? यसले गाउँ, समाज र सिंगो राष्ट्रमा पार्ने प्रभावकाबारेमा भने हामी कहिल्यै पनि बिचार पुर्याउँदैनौ । हामी केबल हाम्रा लागि, नितान्त हाम्रा लागि राजनीति गर्छौ, हामीले गर्ने राजनीतिले आम नगरिकलाई छोयो कि छोएन भन्ने कुरा हामी कहिले पनि बिचार गर्दैनौं ।
बिगत बर्षहरु देखिनै नेपालमा राजनीति सुधार्ने अभियानहरु चल्दै आइरहेका छन् । कोहि युवाका नाममा, कोहि धर्मका नाममा, कोहि संस्थाका नाममा राजनीतिक कृयाकलापहरु सञ्चालन भैरहकै छन् । यसमा केहि बिषयहरुलाई नागरिकहरुले समर्थन जनाइसकेका छन् भने केहिलाई पर्ख र हेरको स्थितिमा छाडेका छन् । राजनीतिलाई गरिखाने भाँडो बनाउनेहरुका लगातारका गलत हर्कतहरुबाट आजित नेपाली नागरिकहरु यसो गर्दा पो हुन्छ कि उसो गर्दा पो हुन्छ कि ? भन्ने अन्यौलतामै बर्षौ बिताइरहेका छन् । बिग्रिएको काम सपार्नेभन्दा पनि बिग्रएका बिषयमा राजनीति गर्नेहरुको भिडमा सुधारात्मक परिवर्तनको एजेण्डा बोक्नेहरु पछि पर्दै गैरहेका तिता यथार्थतालाइ पनि लुकाउनु पर्ने कुनै कारण देखिदैन ।
यहि राजनीतिभित्र पसेर राजनीतिको फोहोर सफा गर्ने स्टण्टबाजी गर्नेहरु पनि बिगत केहि महिना अघिदेखि नेपालमा सक्रियताका साथ राजनीतिमा अग्रस्थानमा देखिएका छन् । पेशाले अर्काको बिरोध मात्रै गर्नेदेखि, गरीवजनताको घाउँमा मल्हम लगाउनेसम्मका अभियानकर्मीहरुको राजनीतिमा जवरदस्त प्रवेशले अहिले नेपाली राजनीति रंगिन भएको छ । रंगिन राजनीतिमा रमाउनेहरुदेखि आफ्नो भाग खोसियो भनेर कराउनेसम्मका आर्तनादहरु बढो रोमाञ्चक खेल नै बर्तमानको नेपाली राजनीतिको प्रहशन हो ।
नेपालका पुराना र बयस्क राजनीतिक दलहरुलाई चुनौति दिदैं केहि महिना अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल दर्ता गरेर राजनीतिमा होमिएका रबि लामीछानेले छोटो समयमै अत्यधिक सफलता प्राप्त गरेको अवस्थालाई हेर्ने हो भने नेपालमा बिचार, आदर्श, शिद्धान्त, त्याग, निष्ठा र समर्पणभन्दा पनि सडक तताउने उग्र भाषणबाजी र अनर्गल प्रचारबाजी गर्नसक्ने ब्यक्ति छिट्टै राजनीतिक उचाई चढन सक्छ भन्ने कुरा पुष्टि भएको देखिन्छ । राजनीतिलाई देश र जनताको दुःख हटाउने र देशमा समृद्धि ल्याउने भन्दा पनि आफ्नो दुनो कसरी सोझ्याउने ? कसरी आफ्नो प्रतिस्पर्धिसँग प्रतिशोध साधना गर्ने ? भन्ने बिषयले प्राथमिकता पाउन थालेपछि बर्खामा च्याउँ झै उम्रिएका आलाकाँचा ठेटनाहरुका अपरिपक्व राजनीतिक दलहरु हिउँदको शितसँगै बिलाएर जाने डर भयाभह बन्दै जान थालेको देखिन्छ ।
राजनीति क्षणिक आबेग र क्षणिक प्रतिशोध साधना गर्नका लागि मात्रै गरिने बिषय होइन् । राजनीतिले दूरगामी प्रभाव बोकेको हुन्छ । राजनीतिक दलहरुसँग स्पष्ट भिजन र दृष्टिकोण हुनुपर्दछ । जनतासँगको सामिप्यता साथै यथेष्ठ राजनीतिक धरातल हुनुपर्दछ । आफु नेता बन्नका लागि केबल टुप्पाबाट पलाउन खोज्ने हतारो प्रबृत्तिले नेपालका नयाँ राजनीतिक दलहरुलाई असमयमै अवशानको बाटोतर्फ धकेलिरहेको कुरा तर्फ बिचार पुर्याउन नसक्नु पनि आजका युवा नेता भन्न रुचाउने नेतृत्वका लागि दुखद कुरा हो । दीर्घकालिन योजना र जनताका समस्यामा क्रमशः लागिरहन सक्ने हो भने नेपालमा युवाप्रति जनताको भरोषा र विश्वास अझै पनि रहेको देखिन्छ ।
सडकमा कराएर, उफ्रिएर, अर्कालाई तथानाम गाली गरेर, अर्काको खिसिटिउरी गरेर, अर्काको खेदो खनेर अनि अर्काकै चियोचर्चो मात्रै गरेर आफ्नो रोजिरोटी चलाउने सडक नेताहरुको राजनीतिक आगमन र बर्हिर्गमनको अत्यासलाग्दो अबस्थाले नेपाली जनताहरु पिरोलिएका छन् । आशलाग्दो केटो जेठाजू भनेझै जसलाई देशमा कानून बनाउन, कानूनको पालना गराउन, कानून नमाने दण्ड सजाय गराउन भनि आफ्नो प्रतिनिधि बनाएर पठाएका थिए उहि कानूनको भक्षक निस्किए पछि अहिले नेपाली जनता अब कस्लाई विश्वास गर्ने होला ? भनेर रणभुल्लमा परेका छन् । जसले कानूनको उपहास मात्रै गरिरहन्छ, जो आफु कानूनभन्दा पनि माथि छु भन्ने घमण्ड पालेर बसेको छ, उसलाई कानूनको पाठ पढाउन अब सकिदैन । यस्ता बेलगाम ब्यक्तिहरुका लागि कानून एक साधन मात्रै हो साध्य हुन सक्दैन ।
आफु चौपट्टै राम्रो र सुकिलो अनि अरु सबै फोहोर र दुर्गन्धित देख्ने गलत हेराईबाट बर्तमानमा सेलिब्रेटी नेताहरु बाहिर आउन जरुरी छ । अरुलाई गाली गर्दा जति आत्मानन्द आउँछ त्यति नै आफुलाई कसैले गाली गर्दा संयम भएर सोच्नसक्नु पनि एक अशल राजनीतिज्ञको राजनीतिक धर्म हो । आफ्ना गल्तीहरुलाई छोप्न अर्काका गल्ती मात्रै उघार्ने कुबिचारबाट बाहिर आउन नसक्ने हो भने बर्तमानका सडक उत्पादनहरु पुनः सडकमै हराउन सक्छन् । बर्खाको भेललाई नियन्त्रण गर्न नसके आफ्नै खेतबारी बगाउने अवस्था नआउला भन्न सकिदैन । यदि भेलले आफ्नो खेतीबारी बगायो भने अर्काको बालीमा गएर अधिकार जमाउन पाइदैन भन्ने हेक्का राख्न समेत बर्तमान नयाँ तथा युवापुस्ताका नेताहरुलाई खबरदारी गर्न जरुरी देखिन्छ ।
यसो भनिरहँदा कुनै अमुक ब्यक्तिलाई त्यसले असर गर्छ भने त्यो केबल संयोग मात्रै हुनेछ । त्यसैले बिगतमा आफुले गरेका गल्तीबाट पाठ सिकेर अगाडि बढने हो भने बर्तमानका चकलेटी नेताहरुको राजनीतिक स्कोप र भविष्य उज्वल देखिन्छ तर केबल आफु राम्रो अनि अरु सबै खराब मात्रै देख्ने र देखाउने शिद्धान्तलाई आफ्नो राजनीतिक एजेण्डा बनाउने हो भने सडकबाट उदाएका नेताहरु सडकमै बिलाउन समेत बेर लाग्दैन । चेतना भया ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपनेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
गम्भीर मोडमा उभिँदै गरेको अर्थतन्त्र सुधार्न दलका नेताहरुको ओठे प्रतिबद्धता ?
जेठ १, २०८१ मंगलबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार