एक सातादेखि बन्द मालपोतको कामकाज पुनः सञ्चालन
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार २३:३१:१
२५ माघ, जलेश्वर । महोत्तरी मालपोत कार्यालयको कामकाज आज एक सातापछि पुनः सञ्चालन भएको छ । लेखापढी कानुन व्यवसायीहरुको आन्दोलनका कारण गत बुधबारदेखि नै सदरमुकाम जलेश्वरस्थित उक्त कार्यालयको कामकाज ठप्प रहेकामा आजदेखि पुनः सबै कामकाज सञ्चालन भएको कार्यालयका प्रमुख मोहम्मद इजहार आलमले बताए ।
उक्त कार्यालयमा आबद्ध करिब दुई सय लेखापढी कानुन व्यवसायी ‘लेखनदास’ हरुले सेवाग्राहीहरुलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवालगायत सबै कामकाज बुधबारदेखि नै ठप्प परेका कारण एक सातासम्म कार्यालय बन्द थियो ।
गत बुधबार जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पाँच बिचौलियालाई पक्राउ गरेपछि लेखापढी व्यवसायीहरुले पक्राउ परेकाहरु पनि लेखनदास रहेको भन्दै उनीहरुलाई निसर्त छाड्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि शुक्रबार प्रहरीले उनीहरुलाई रिहा गरेको थियो तर पनि लेखनदासहरुले उनीहरुमाथि लगाइएको मुद्दा खारेज हुनुपर्ने, कार्यालयमा निर्बाधरुपमा लेखापढी व्यवसायीहरु आउजाउ गर्न पाउनुपर्ने र प्रहरीले कोही कसैलाई समात्न नपाउने भन्दै काममा फर्किएका थिएनन् ।
यसैबीच आन्दोलनरत लेखनदासहरु र कार्यालयबीच मंगलबार साँझ सहमति भएपछि सम्पूर्ण आन्दोलनको कार्यक्रम स्थगित गरी आजदेखि मालपोतको सम्पूर्ण कामकाज सञ्चालन भएको लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष श्यामसुन्दर यादवले बताए ।
प्रहरीले गत बुधबार दिउँसो कार्यालयको प्राङ्गणमा सेवाग्राहीहरुलाई हाकिम, कर्मचारीहरुसँग आफ्नो सेटिङ रहेको र आफूले छिटोछरितो काम गराइदिने भन्दै प्रलोभन देखाउँदै पैसाको मोलमोलाई गरिरहेको अवस्थामा पाँच बिचौलियालाई पक्राउ गरेको थियो तर लेखनदासहरुले उनीहरु बिचौलिया नभएर आफ्ना कानुन व्यवसायी रहेका र उनीहरुलाई छाड्नुपर्ने भन्दै आन्दोलन चर्काएर एक सातासम्म कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार
गृह मन्त्रालयले भन्यो, ‘अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’
बैशाख २४, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार