बेल्जियमका जान नेपाली भलिबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त, मार्च पहिलो हप्ता नेपाल आईपुग्ने
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १९:४०:२०
१ फागुन, काठमाडौं । बेल्जियमका जान जोसे डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल भलिबल संघका अनुसार बेल्जियम प्रशिक्षक जान डीलाई ६ महिनाको लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।
उनले नेपालको महिला र पुरुष दुबै टोली हेर्ने छन् । जान डी आगामी मार्च पहिलो हप्ता नेपाल आईपुग्ने छन् । उनी अगस्टसम्म नेपालमा रहने छन् । अन्तराष्ट्रिय भलिबल महासंघ ‘एफआईभीभी’ को सहयोगमा जान डी नेपाल आउन लागेका हुन् ।
तर एसियन गेम्सको बेला भने जान फर्कनेछन् र नयाँ प्रशिक्षक आउने छन् । यसअघि पनि एआईभीबीको सहयोगमा नेदरल्याण्ड्सका प्रशिक्षकहरु म्याट भान विजल, लेस्ली जे जोङ र हान अविङले नेपालमा आएर प्रशिक्षक दिइसकेका छन् । नेपाली भलिबलको विकासका लागि एआईभीबीले विदेशी प्रशिक्षक पठाएर सहयोग गर्दै आइरहेको छ ।
६४ वर्षीय प्रशिक्षक जान डी निकै अनुभवी प्रशिक्षक हुन् । बेल्जियमका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका जान डीले बेल्जियम र हंगेरीको राष्ट्रिय महिला टिम हेरिसकेका छन् । चीनमा आयोजना हुने एसियन गेम्समा नेपालको महिला र पुरुष भलिबल टोलीले सहभागिता जनाउदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार