सशस्त्र प्रहरी गुल्म वालिङमा राख्न सरोकारवालाहरुको जोड
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २३:१३:३८
१ फागुन, वालिङ । २२ बर्षदेखि अस्थायी रुपमा रहँदै आएको सशस्त्र प्रहरी बलको गुल्म वालिङमा रहनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । वालिङ नगरपालिकाले सशस्त्र प्रहरी बललाई जग्गा व्यवस्थापनका लागि आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाहरुले वालिङमै राख्नुपर्नेमा जोड दिएका हुन् ।
सशस्त्र प्रहरी बल वालिङले जग्गा ब्यवस्थापन गर्न यहाँका सबै सरोकारवाला निकायसगँ अनुरोध गरेपछि नगरपालिकाले यसको भुमिका निर्वाह गरेको हो । पटक—पटक सशस्त्र प्रहरी बलले अस्थायी रुपमा बसोवास गर्दा कठिन परिस्थिती झेल्न बाध्य भएको अनुभव सुनाउँदै यसले सेवाप्रवाहमा समेत कठिनाई भएकाले महशुस गर्दै जग्गा व्यवस्थापन गरिदिन आग्रह गरेको थियो । सुरक्षाको आवश्यकता ठान्ने तर जग्गा व्यवस्थापनमा यहाँका समुदायले चासो नदिदा कतै सशस्त्र प्रहरी बल अन्तै सर्छ कि भन्ने चिन्ता सरोकारवालाहरुले लिएका छन् ।
वालिङ नगरपालिका सभाहलमा आयोजित अन्तरक्रियामा सहभागीले सुरक्षाको दृष्टिकोणले सशस्त्र गुल्म वालिङमा अपरिहार्य रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नं. ३० गुल्म पुर्णमृत भवानी माविको जग्गा रहेको वालिङ ८ घ्याङलिङमा विगत २२ वर्षदेखि अस्थायी रुपमा रहँदै आएको छ । गुल्मलाई जग्गा व्यवस्थापन गर्न नगरपालिकाले सांसद, जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी, पत्रकार लगायत सरोकारवाला निकायका सबै प्रतिनिधिहरुलाई बोलाएर अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा सशस्त्र प्रहरी बल गुल्मका गुल्मपति प्रहरी नायव उपरिक्षक राजनलाल श्रेष्ठले २०५८ सालमा बेस क्याम्पमा रहेको सशस्त्र प्रहरी बल २०७५ सालबाट गुल्ममा स्तरोन्नती भएको जानकारी दिए । १६० जनाको स्थायी दरबन्दी रहने गुल्मका लागि भौतिक संरचना निर्माण गर्न नपाउँदा सशस्त्र प्रहरी जवानदेखि अधिकृतहरुसम्मले समस्या झेल्नुपरेको गुनासो उनले सुनाए । टहरामा बसेर सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा जवानहरुले काम गर्नुपर्ने अवस्था छ उनले अन्तरक्रियामा भने,‘जसले गर्दा सुरक्षाको कार्यसम्पादनमा कठिन भएको छ ।’ स्थायी संरचनाका लागि जग्गा आवश्यक परेकाले तत्काल जग्गाको व्यवस्थापन हुन नसकेमा सशस्त्र प्रहरी बलको गुल्म सदरमुकाम वा अन्य ठाँउमा जानसक्ने जानकारी समेत उनले दिए ।
कार्यक्रममा प्रदेश सांसद सरस्वती तिवारी, पुर्व सांसद मोहन रेग्मी, वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले वालिङको दिगो विकास र सुरक्षित महशुस गराउन सशस्त्र प्रहरी बललाई राख्नुपर्नेमा जोड दिए । उपयुक्त ठाँउ अन्यन्त्र नभएकाले विद्यालयसँग सहमति गरी हाल बसेकै ठाँउमा सशस्त्र प्रहरी बललाई राख्न उनीहरुले सुझाव दिए । आ—आफ्ना क्षेत्रबाट यसलाई बहसको बिषय बनाएर भएनी सुरक्षा जस्तो संवेदनशिल युनिटलाई यथास्थानमा राख्न सके वालिङ लगायत आसपासका क्षेत्रलाई अत्यन्तै राम्रो हुने तर्क उनीहरुको छ । यसका लागि विद्यालय परिवार, राजनीतिकदल, उद्योगी व्यवसायी, मिडिया क्षेत्र र नगरपालिका संवेदनशिल हुनुपर्ने बेला आएको उनीहरुको जोड थियो । सुरक्षा मजबुद भएकै कारण दर्जनौ बैंक तथा वित्तीय संस्थाहरु आएको स्मरण गर्दै सशस्त्र प्रहरी बल हाम्रो सम्पति हो भन्ने भावना बोकेर अगाडी बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
पुर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले यसअघि विद्यालय व्यवस्थापन समितिले सशस्त्र प्रहरी गुल्म रहेको जग्गा स्थायी रुपमा दिने निर्णय नगरेको जानकारी दिए । यसअघि विद्यालयले आफ्नो जग्गालाई आम्दानीको स्रोत बनाउन खोजिएको जानकारी दिए । आवश्यकता भएमा सबै सरोकारवालाहरु सगँको छलफललाई विद्यालय प्रशासन कुनै बाधक नहुने उनले बताए । विद्यालयसगँ कुनै समन्वय नगरी २०७५ सालमा वालिङ नगरकार्यपालिका बैठकले सशस्त्र प्रहरी बललाई हाल बसेको जग्गादिने निर्णय गरेपछि विवादमा आएको उनले बताए । समन्वयको अभावमा यो समस्या आएको हुनसक्ने उनले बताए ।
वालिङ नगरप्रमुख कृष्ण खाँणले वालिङ नगरभित्रको शान्ति सुरक्षा संगै विपतकाे समयमा पनि ठुलो सहयोग गरिरहेको यो सुरक्षा फौजलाई वालिङमा नै राख्नुपर्ने बताए । अस्थायी रुपमा लामो समय सम्म रहेको हुदा भौतिक निर्माण गर्न सहज हुनेगरी जग्गा व्यवस्थापनका लागि सबै एकजुट भइदिन खाँणले आग्रह गरे । वर्षात्को समयमा राति बस्न असहज भएको स्मरण गराउदै नगर प्रमुख खाँणले तिन महिनाभित्र यो जग्गाको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । सशस्त्र प्रहरी बलको गुल्म यो क्षेत्रमा रहदा सुरक्षाको ठुलो महशुस भइरहेको सहभागीहरुले बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार