सेनाका १० जर्नेललाई विदेशमा एनडीसी कोर्सको अवसर
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार १७:५७:५२
२ फागुन, काठमाडौं । सैनिक मुख्यालयले आगामी वर्ष सञ्चालन हुने नेशनल डिफेन्स कोर्स (एनडीसी )का लागि १० जना महासेनानी र ३ जना सहायकरथीलाई पठाउने भएको छ । उनीहरुलाई नेपाली सेनाले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, चीन, भारत, पाकिस्तान, बंगलादेश, केन्या र नाइजेरियामा एनडीसीका लागि पठाउने भएको हो ।
तालिमका लागि पूर्वी कमाण्ड हेडक्वार्टर (काज, मध्यपूर्वी पृतना हेडक्वार्टर) का महासेनानी दिलविक्रम सुब्बा, नीति तथा योजना निर्देशनालयका महासेनानी शिवराज पन्त, शान्ति कार्य निर्देशनालयका महासेनानी अशोकबहादुर चन्द, सैनिक तालिम महानिर्देशनालयका महासेनानी भूमिभक्त बराल, प्रधानसेनापतिको कार्यालयका महासेनानी विमलराज शर्मा, पूर्वी कमाण्ड हेडक्वार्टर (पूर्वी पृतनामा कार्यरत)का सहायकरथी रञ्जित थापा, नेपाली सैनिक ब्याटल स्कुलका सहायकरथी पदमबहादुर बुढा, उपत्यका कमाण्ड हेडक्वार्टर (काज, मध्य पृतना हेडक्वार्टर) का महासेनानी सन्तोष कार्की, मध्य कमाण्ड हेडक्वार्टर (काज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान) का महासेनानी बबी चन्द जना लागेका हुन ।
त्यसैगरी बलाधिकृत विभागका महासेनानी सुरेश हमाल, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय (काज, मध्यपश्चिम पृतना हेडक्वार्टर)का सहायकरथी माधव थापा, नं. ७ बाहिनी अड्डा (काज, काठमाडौं–तराई-मधेस द्रुतमार्ग सडक आयोजना समन्वय तथा अनुगमन समितिको कार्यालय) का महासेनानी कमल बानियाँ र नं. १९ बाहिनी अड्डाका महासेनानी किरणराज श्रेष्ठ पनि तालिमका लागि पठाउन लागिएको छ ।
यसअघि २०७७ सालमा पनि सैनिक मुख्यालयले एनडीयू वा सो सरहको तालिमका शिक्षार्थी मनोनयनसम्बन्धी कार्यविधि २०७३ को अनुसुचि २ बमोजिम छनौट ९ जना छनौट गरेको थियो । त्यतिबेला तत्कालिन महासेनानी प्रेम बहादुर पुन, निति तथा योजना निर्देशनालयमा कार्यरत मसे सुरेन्द्रसिंह रावल, रणनीतिक तथा दिर्घकालिन योजना निर्देशनालयमा कार्यरत मसे कृष्णबहादुर जिसी, सैनिक गुप्तचर महानिर्देशनालयमा कार्यरत मसे चोकबहादुर ढकाल र आपुर्ति तथा परिवहन निर्देशनालयमा कार्यरत सहायकरथी योगराज शर्मा, त्यसैगरी नीति तथा योजनामा कार्यरत महासेनानी नकुलबहादुर रायमाझी, राष्ट्रिय सेवा दलमा कार्यरत मसे. विजय थापा शान्ति सेनामा कार्यरत टिकाराम गुरुंग र २८ बाहिनीमा कार्यरत महासेनानी सुनिल श्रेष्ठ छानिएका थिए ।
अहिलेसम्म एनडीसी कोर्सका लागि विभिन्न राष्ट्रबाट वर्षेनी दर्जन कोटा आउने गरेका छन् । भारतबाट १, पाकिस्तानबाट २, चीनबाट ४, बंगलादेशबाट १, अमेरिकाबाट २ र बेलायतबाट १ कोटा उपलब्ध हुने गरेको छ । उनीहरुलाई त्यही कोटामा तालिमका लागि पठाउने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार