थुनामा रहेका जर्नेलले कर्णेललाई दोष दिदा एक तह फूली खोसियो
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार १७:४:५७
३ फागुन, काठमाडौं । नेपाली सेनाका एक कर्णेललाई मेजरमा घटुवा गरिएको छ । विशेष फोर्सका कमाण्डर भइसकेका प्रमुख सेनानी (लेफ्टिनेट कर्णेल) हरि बोहोरालाई एक पद घटुवा गरिएको हो ।
प्रधानसेनापति प्रभुराम शर्माले ती कर्णेललाई हाल लगाएको फूली खोसेर एक तह घटुवा गरिएको हो । उनी वि सं २०७४–२०७५ मा नेपाली सेनाको विशेष फौज मानिने भैरवनाथ गणका गणपतिसमेत थिए । छानविनको क्रममा रहेका मेजर जनरल प्रेम शाहीको बयानको आधारमा उनको फूली खोसिएको स्रोतको दावी छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बोहोराको फूलि खोसिएको पुष्टि गरेको छन् । ‘उहाँमाथि कोर्ट मार्शल गर्दै कारवाही गरिएको हो,’ सहायक रथी भण्डारीले भने, ‘उहाँलाई आर्थिक अनियमिता गरेको अभियोगमा एक तह घटुवा गरिएको हो ।’
उनीमाथि सुदूरपश्चिमको कुनै गणको गणपति हुँदा आर्थिक हिनामिना गरेको आरोप लागेको थियो । आर्थिक हिनामिना गरेको भन्दै ठेकेदारले उजुरी दिएका थिए । उक्त उजुरीमाथि छानविन गर्ने क्रममा तत्कालीन सुदूरपश्चिमका पृतनापछि हाल सैनिक हिरासतमा रहेका नेपाली सेनाका मेजर जनरल प्रेम शाहीले कर्णेल बोहोराको नाम लिएका थिए ।
उक्त उजुरीमाथि छानविन हुँदा कर्णेल बोहोरा दोषी पाइएपछि उनलाई एक तह घटुवा गरिएको हो । बोहोरा माथि सुदूरपश्चिमको कुनै गणको गणपति हुँदा आर्थिक हिनामिना गरेको आरोप लागेको थियो । आर्थिक हिनामिना गरेको भन्दै ठेकेदारले उजुरी दिएका थिए । उक्त उजुरीमाथि छानविन गर्ने क्रममा तत्कालीन सुदूरपश्चिमका पृतनापछि हाल सैनिक हिरासतमा रहेका नेपाली सेनाका मेजर जनरल प्रेम शाहीले कर्णेल बोहोराको नाम लिएको स्रोतको दावी छ ।
उक्त उजुरीमाथि छानविन हुँदा कर्णेल बोहोरा दोषी पाइएपछि उनलाई एक तह घटुवा गरिएको हो । उनीमाथि सेनाले करिब २० करोड रुपैया हिनामिना गरेको चार्ज लगाएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्रुतमार्गको ठेक्कामा नेपाली सेनाको मनपरी, परामर्शदाता नै परिवर्तन
जेठ १४, २०८१ सोमबार
महाकाली नदीमा सेनाको विपद् नमुना अभ्यास
जेठ १४, २०८१ सोमबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार
ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक
जेठ २०, २०८१ आइतबार
नेपालमा ब्रिटिस लगानीका लागि अनुरोध
जेठ २०, २०८१ आइतबार
हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति
जेठ २०, २०८१ आइतबार