भारतीय सेनाका चार पूर्वप्रमख काठमाडौं आइपुगे, मनोजमुकुन्द नरवाने भोलि आउने
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार १७:१६:२
५ फागुन, काठमाडौं । भारतीय सेनाका चारजना पूर्वप्रमुखहरु काठमाडौं आइपुगेका छन् । नेपाली सेनाले आफ्नो दिवसको अवसरमा गर्न लागेको विशेष समारोहमा गरेको निमन्त्रणाअनुसार उनीहरु काठमाडौं आएको हो । हरेक वर्ष महाशिवरात्रीको दिन नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।
यसवर्ष शनिबार महाशिवरात्री परेको छ । जसअनुसार नेपाली सेनाले शनिबार आफ्नो २६०औँ स्थापना दिवस मनाउँदै छ । शनिबार नेपाली सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्दै छ ।
नेपाली सेनाको निमन्त्रणमा भारतीय सेनाका पूर्वप्रमुखहरु दीपक कपुर, जोगिन्दर जसवन्त सिंह, विश्वनाथ शर्मा र दलवीरसिंह सुहाग काठमाडौं आइसकेका छन् भने मनोजमुकुन्द नरवाने भने शनिबार मात्र काठमाडौं आइपुग्ने भएका छन् ।
उनीहरु सैनिक मञ्च टुँडिखेलमा हुने समारोहमा सहभागी हुनेछन् भने यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।शनिबार साँझ सैनिक मुख्यालय जंगी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने उनीहरुले आइतबार जंगी अड्डामै प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार