कृषि विकास बैंकको सीईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार १७:५६:१९
५ फागुन, काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ पदमा पाँच जना लिष्टिङमा परेका छन् । उक्त पदमा २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए। जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेको बैंकले जनाएको छ ।
बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरुको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार उक्त ५ उम्मेदवारहरु सर्ट लिष्टिङ्गमा छनौट भएका हुन् ।
यसरी, सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका छन् । उनीहरुको शनिबार अन्तर्वार्ता लिइने सूचनामा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार