भारतीय सेना पुर्व प्रमुखहरुले छाउनीमा वीर स्मारक अवलोकन गर्ने
नेपालबहस संवाददाता
फागुन ६, २०७९ शनिबार १३:३४:३७
६ फागुन, काठमाडौं । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन आएका भारतीय सेनाका चार पूर्व प्रमुखले आज छाउनीस्थित बीर स्मारका जाने भएका छन ।
हिजो काठमाडौं आएका भारतीय सेनाका प्रमुखहरु विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहागले छाउनीस्थित बिर स्मारको अवलोकन गर्नेछन ।
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार बीर स्मारक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरुले भाग लिनेछन् । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरु सहभागी हुने कार्यक्रम तय भएको छ ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरुको सहभागिता रहने प्रवक्ता भण्डारीले जानकारी दिए ।
पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार मात्र नेपाल आउने छन । २६० औं सेना दिवसको अवसर पारेर नेपाली सेनाले भारतीय सेनाका पुर्व अध्यक्षहरुलाई नेपाल निमन्त्रणा गरेको हो । हरेक शिबरात्रीमा नेपाली सेनाले सेना दिबस मनाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार