पत्रकारका विभिन्न संघसंस्थाद्वारा खप्तड टीभीका प्रधानसम्पादक कुटपिटको भर्सना
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १८:१६:४
७ फागुन, काठमाडौं । पत्रकारका विभिन्न संघसंस्था तथा नेपाल पत्रकार महासंघले पत्रकार गणेश बिकलाई अज्ञात समूहले कुटपिट गरेकोप्रति भर्सना गरेको छ । महासंघ काठमाडौं शाखाका सदस्य एवं खप्तड टीभी डटकमका प्रधानसम्पादक गणेश बिकलाई अज्ञात समूहले हातपात गरेको भन्दै शुक्रबार विज्ञप्ति जारी गरी महासंघले भर्सना गरेको हो ।
फागुन २ गते मंगलबार समाचार संकलनका क्रममा पशुपति क्षेत्रस्थित कैलाश डाँडामा पुगेका पत्रकार बिकलाई विनाकारण अज्ञात समूहले कुटपिट गरी घाइते बनाएको थियो । “स्वतन्त्र रूपमा खोज अनुसन्धान पत्रकारितामा जुटेका पत्रकारमाथि भएको कुटपिटको यो घटना प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा शब्दमा भर्सना गर्दछ”, महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई निर्वाध र निर्भिक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।
त्यसैगरी राष्ट्रिय दलित पत्रकार संघ नेपालले पनि शुक्रबार विज्ञप्ति जारी गरी सो घटनाको भर्सना गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल उपत्यका समन्वय समितिका उपाध्यक्ष रहेका पत्रकार बिकलाई कुटपिट गर्ने दोषीमाथि कारबाही गरी र पीडितलाई क्षतिपूर्तिको माग समेत गरेको महासचिव लक्ष्मण दर्नालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी समाजवादी प्रेस संगठन नेपाल काठमाडौं जिल्ला कमिटीले शुक्रबार विज्ञप्ति जारी गरी सो घटनाको भर्सना गरेको छ । समाजवादी प्रेस संगठन नेपाल काठमाडौं जिल्ला कमिटीका सहसचिव रएवं खप्तड टीभी डटकमका प्रधानसम्पादक गणेश बिकलाई अज्ञात समूहले हातपात गरेको भन्दै शुक्रबार विज्ञप्ति जारी गरी भर्सना गरेको हो ।
समाचारकै बिषय लिएर मंगलवार साँझ पशुपति क्षेत्रस्थित कैलाशा डाँडामा ४–५ जनाको अज्ञात समूहबाट भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । उक्त विज्ञप्तिमा समाचारकै बिषयमा यस्तो घटना घट्नु लोकतन्त्र र सञ्चार क्षेत्रमाथि नै प्रहार हो, पत्रकार बिकका अनुसार केही समय अगाडि काठमाडौंबाट संञ्चालित एक सहकारीको बिषयमा समाचार प्रकाशन गरेको भन्दै आफूमाथि धम्की र आफ्नोबारे राम्रो समाचार प्रकाशन गरे पैसा दिन्छु भन्दै खड्का थरका एक संञ्चालकले भनेको कुरा पत्रकार बिकले बताए।
यस प्रकारको घटनाले स्वतन्त्रपूर्वक सञ्चार पेशामा गर्नेहरूको सुरक्षामा खतरा बढ्दै जाने संकेत देखिन्छ। समाचार चित्ता नबुझे उजुरी हाल्ने नेपाल प्रेस काउन्सिल लगायत विभिन्न निकायहरू हुँदाहुँदै पत्रकार बिकमाथि भएको घटना सञ्चार जगतलाई नै ठाडो चुनौति सावित हुन्छ । पत्रकार बिकमाथि भएको सामुहिक आक्रमणप्रति गम्भीर आपत्ति प्रकट गर्दै आक्रमणकारीलाई तल्काल कानुनी दायरामा ल्याउन कमिटीका सचिव योकेन्द्र चौलागाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख १७, २०८१ सोमबार
भक्तपुरमा वृद्धबाट १६ वर्षीया किशोरी बलात्कृत
बैशाख १७, २०८१ सोमबार
परिवारबीचकाे झैझगडाले तीन वर्षीया बालिकाको हत्या, आमाछोरी पक्राउ
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो
बैशाख १७, २०८१ सोमबार
रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख १७, २०८१ सोमबार
म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रका होटल खचाखच
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
बैशाख १७, २०८१ सोमबार
बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड
बैशाख १७, २०८१ सोमबार