राससले खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्छ : मन्त्री शर्मा
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार २२:४०:५१
७ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति ‘रासस’ ले खोजमूलक आलेख र समाचार सङ्कलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छिन । राससको ६२औँ वार्षिकोत्सव समारोहलाई आज केन्द्रीय कार्यालयमा आज सम्बोधन गर्दै उनले सूचना प्रविधि र पाठकको रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक सामग्री उत्पादनमा जोड दिएकी हुन । स्थानीय समाचारदातालाई अझ बढी व्यवस्थितरुपमा परिचालन गरिनुपर्ने मन्त्री शर्माले बताइन ।
सेवाग्राहीको सङ्ख्या वृद्धि, संस्थामा उपलब्ध स्रोत, साधनको अधिकतम सदुपयोग, आर्थिक रुपमा मितव्ययी बन्ने र भौतिक सम्पत्तिको संरक्षण एवं संवद्र्धनलाई प्राथमिकता दिन पनि मन्त्री शर्माले आग्रह गरिन ।
“आगामी दिनमा रासस थप सबल बन्दै सामाजिक उत्तरदायित्वका सेवामा समेत सहभागी हुन आफ्नै कोषको स्थापना गर्ने योजना ल्याउनुपर्छ, राससलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन श्रव्यदृश्य समाचार सेवालाई प्राथमिकता दिइ आवश्यक जनशक्तिलाई तालिमको व्यवस्था गर्नुपर्छ, आवश्यक स्रोतसाधन र कर्मचारीको वृत्तिविकासमा सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउन चाहन्छु”, उनले भनिन ।
सरकारले सञ्चारमाध्यमसँग सम्बन्धित सबै सरोकार भएकासँग सहकार्य गर्दै सङ्घीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानुनमा संशोधन, परिमार्जन एवं नयाँ कानुन बनाइ समसामयिक सुधार गर्न लागिएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले बताइन । नेपाली सञ्चारमाध्यममा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिकद्वेष फैल्याउने काममा नियन्त्रण गर्न सञ्चार सम्बद्ध सबै पक्षको सकारात्मक सहयोगका लागि उनले आह्वान गरिन ।
कार्यक्रममा सार्वजनिक गरिएको ‘रासस हिजो र आज’, ‘रासस शैली पुस्तक’ ले पत्रकारिता अध्ययन र अध्यापन गर्ने एवं यस सम्बद्ध सबैका लागि अभिलेख बन्ने विश्वास पनि उनले व्यक्त गरिन । सेवाग्राही सम्मानलाई निरन्तरता दिन पनि मन्त्री शर्माले सुझाव दिइन । सूचना प्रविधिलाई अधिकतम उपयोग गरी सेवालाई विविधीकरण र व्यावसायिकीकरण गर्दै रासस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीय एवं भरपर्दो सञ्चारमाध्यमका रुपमा स्थापित हुनसक्ने विश्वास उनको थियो । राससका चारसयभन्दा बढी सञ्चारमाध्यम ग्राहक रहेकामा खुसी व्यक्त गर्दै मन्त्री शर्माले त्यसलाई अझ वृद्धि गरिनुपर्नेमा जोड दिएकी थिइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
सदस्यता टुंगाएर मात्र अधिवेशन गर्न प्रेस युनियनद्वारा पत्रकार महासंघको ध्यानाकर्षण
चैत २२, २०८० बिहिबार
संवैधानिक परिषदले खुलायो समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा आवेदन
चैत २०, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार