लघुवित्त पीडितद्वारा उदयपुर सीडीओ कार्यालय घेराउ [तस्बिरहरू]
नेपालबहस संवाददाता
फागुन १६, २०७९ बुधबार ०:४:३
१५ फागुन, काठमाडौं । लघुवित्त वित्तीय संस्थाको चर्को ब्याजबाट उठीबासको अवस्थामा पुगेका पीडितहरुले मंगलबार उदयपुर जिल्लाा प्रशासन कार्यालय घेराउ गरेका छन् ।
उनीहरुले लघुवित्तले ऋण प्रवाहको बेलाभन्दा बिचमा चर्को मात्रामा ब्याज बढाएर आर्थिक मार खुवाएको भन्दै लघुवित्त संचालनहरुमाथि कारबाहीको माग गर्दै घेराउ र धर्ना दिएका हुन् । उनीहरु र्यालीसहित सीडीओ कार्यालयको मुख्य प्रवेश द्वारमा पुगेर धर्ना दिएका थिए ।
उनीहरुले चर्को ब्याज असुलेर ज्यादति गर्ने लघुवित्त खारेज गर्नुपर्ने, काम र क्षमताको आधारमा सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्नुपर्ने, लघुवित्तको ऋण निश्चित आकार तोकेर बाँकी मिनाह गर्नुपर्ने लगायत माग गरेका छन् । साथै गरिब किसानलाई निःशुल्क ऋण उप्लब्ध गराउन माग गरे ।
धर्नामा २ सयभन्दा बढी ऋणीहरू सहभागी थिए । सहभागीमध्ये बढी संख्यामा महिलाहरू थिए । उनीहरू प्लेकार्ड, ब्यानर बाेकेर धर्नामा पुगेका थिए ।
लघुवित्त र बैंक लगायत वित्तीय संस्थाहरुले चर्को ब्याज लिन थालेपछि देशैभरबाट ऋणीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।
यता नेपाल राष्ट्र बैंकले आजै मात्र एक सन्देश जारी गर्दै लघुवित्तबाट प्रवाह गरिने ऋणको ब्याज १५ प्रतिशत मात्र कायम रहेको जानकारी दिँदै त्योभन्दा बढी ब्याज लिएमा सुरक्षा निकायमा उजुरी दिन आह्वान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
९३ वर्षीय मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह
जेठ २१, २०८१ सोमबार
टी–२० विश्वकप : ओमानले दियो नामिबियालाई १०९ रनको समामान्य लक्ष्य
जेठ २१, २०८१ सोमबार
हावाहुरीले २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति
जेठ २१, २०८१ सोमबार
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
जेठ २१, २०८१ सोमबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने
जेठ २१, २०८१ सोमबार
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
जेठ २१, २०८१ सोमबार