ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार १६:४३:५३
२४ फागुन, काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभा आज बस्दैछ । उक्त सभामा कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
कम्पनीले आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्नेछ । प्रबन्धपत्र संशोधन गरी कम्पनीले ‘इनवार्ड रेमिट्यान्स’ सम्बन्धी कार्य गर्ने व्यवस्था पनि थप गर्ने भएको छ ।
यता, कम्पनीको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकमभन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
यस्तै, कुनै लघुवित्तसँग मर्जर प्रक्रिया वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार