संघीयता खारेजीका लागि जनमोर्चा आन्दोलनमा
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १९:३१:५२
३० फागुन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनमोर्चा नेपालले संघीयता खारेजीका लागि आन्दोलन घोषणा गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र व्यवस्था स्वीकारेर निर्वाचनमार्फत संघीय सांसद बनेका जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी संघीय प्रणाली खारेज हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
बुटपलमा यही फागुन २७ र २८ गते दुई चलेर सम्पन्न जनमोर्चाको राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको सो पार्टीले जनाएको छ । अध्यक्ष केसीले मंगलबार प्रेस विज्ञप्तिमार्फत संघीयता खारेजीसम्बन्धी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनका अनुसार चैत्र १० देखि १५ गतेसम्म देशव्यापी रुपमा चलाइने अभियान मा बृहत सभा, कोणसभाहरू गरिनेछ। चैत्र २४ गते जनआन्दोलन दिवसका दिन देशव्यापी “गणतन्त्रको रक्षा गरौं प्रतिगमनका विरुद्ध संघङ्घर्ष गरौं’ भन्ने नाराअन्तर्गत सभाका कार्यक्रमहरू गरिनेछ ।
बैठकले मुलुकमा अमेरिकी साम्राज्यवादको प्रभाव र इसाईकरण बढ्दै गएको निष्कर्ष निकालेको समते जनाइएको छ । प्रभावको प्रतिरोध गर्ने माध्यमको रुपमा चितवन २ मा बैशाख १० मा हुने उपनिर्वाचनलाई उपयोग गर्ने निर्णय समेत बैठकले लिएको उनको भनाइ छ । वैशाख र ज्येष्ठ महिनामा पार्टीको सबै जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णय समेत गरेको छ ।
यसअघि सरकारमा रहेका बेला राप्रपाका मन्त्रीहरुले संघीयता र धर्म निरपेक्षाता खारेज हुनुपर्ने धारणा संसद बैठकमा राख्न थालेपछि प्रधानमन्त्री प्रचण्डले संघीयताविरोध अभिव्यक्ति दिने मन्त्रीहरुलाई स्पष्टिकरण लिने बताएका थिए । तर उनले त्यो काम गर्न सकेनन् । समिकरण फेरिएसँगै बरु राप्रपा सरकारबाट हटेकाे थियाे । त्याेबेला जनमाेर्चा सरकारमा सामेल थिएन ।
अहिले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सरकार समिकरण फेरिएकाे अवस्थामा जनमाेर्चा सत्तारूढ समिकरणमा मिसिएकाे अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार