फेरि बन्दुककाे भाषा बाेलेर धम्क्याउने काेशिस भइरहेकाे छ : ओली
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार २०:२७:७
३० फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिमा बन्दुकको भाषा सुन्नुपर्ने दिन बाँकी रहेको देख्दा उदेक लागेको बताएका छन् ।
मंगलबार काठमाडौंमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्षओलीले कुनै दलको नामै नलिई एउटा पक्षले आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर बन्दुकको भाषा बोलिरहेको बताएका छन् ।
तिनै पक्षले संक्रमणकालीन न्यायको नाममा मानवअधिकारको भरपूर कुरा उठाउने गरिएको उनको आरोप छ । उनले मुलुकभित्र निरन्तर रुपमा मानवअधिकारको विषय उठाइराख्नुपर्ने बताउँदै निरंकुश राणा र सामन्ती पञ्चायती शासनका बेला मानवअधिकारका आवाजहरू उठेको बताए । बन्दुकमा खिया लागेको छैन भन्नेहरुलाई मानवअधिकारको कुरा बुझ्न समय लाग्ने बताउँदै मनवअधिकार रक्षाका लागि आवाज निरन्तर उठाउनुपर्ने बताए ।
उनले नेपाली समाजले द्वन्द्वमा कहिल्यै विश्वास नगर्ने बताए । उनले नेपालमा कुनैपनि कोणबाट मृत्युदण्डको व्यवस्था हुन नसक्ने स्पष्ट पारे ।साथै नेपाली राजनीतिमा बेइमान र धोकेबाजहरुका कारण राजनीति भनेकै जालझेल र गुटबन्दी हो भन्ने जस्तो भएको बताए ।
द्वन्द्वकालीन घटनालाई लिएर माओवादीका नेता कार्यकर्ताहरुलाई जेल हाल्ने षडयन्त्रस्वरुप अदालतमा मुद्दा दायर भएको भन्दै माओवादी धारका ९ दलले द्वन्द्वकाल सबै घटना संक्रमणकालीन न्याय प्रणालीबाट न्याय निरुपण गर्नुपर्ने बताइरहेका छन् ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, नेकपा, क्रान्तिकारी माओवादी, नेकपा (विप्लव), नेकपा (बहुमत), नेकपा (माओवादी), नेपाल समाजवादी पार्टी लगायत ९ दलले अदालतमा दायर मुद्दाको एकजुट भएर सामना गर्नुपर्नेमा जोड दिने र विस्तृत शान्ति सम्झौताको पूर्ण कार्यान्वयनमा जोड दिइरहेका छन् ।
नेकपाका महासचिव विप्लवले द्वन्द्वकालीन घटनालाई अदालती विषय बनाएर शान्ति सम्झाैता उल्लंघन गरिए त्यस्ता तत्वलाइ टिक्न नदिने चेतावनी दिँदै आएका छन् ।
द्वन्द्वकालीन घटनामा अनुसन्धानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न माग गरिएको मुद्दा सर्वोच्चमा विचराधीन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार