त्रिआमा बित्तीय साक्षरता कार्यक्रम, बचत गर्ने बानीको विकास गर्न आग्रह
नेपालबहस संवाददाता
चैत ९, २०७९ बिहिबार २३:३२:४५
९ चैत, स्याङ्जा । “जनता बैंकमा होईन, बैंक जनतामा जानुपर्छ” भन्ने मुल उद्देश्यका साथ स्थापित मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखाको आयोजनामा जिल्ला सदरमुकामस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकको सम्मन्वयमा २०२३ को मार्च २२ देखि २६ सम्म संचालित ‘ग्लोबल मनि सप्ताह’ का अवसरमा बैंकले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बित्तीय साक्षरता कार्यक्रममा विद्यालयका कक्षा ११ मा अध्ययनरत झण्डै १ सय विद्यार्थीको सहभागिता रहेको थियो ।
त्यस अवसरमा बैंकका पुतलीबजार शाखा प्रमुख दिनेश गुरुङ्ले बित्तीय साक्षरताका मार्फत संचालित कार्यक्रमले नेपालमा पछिल्लो समय बचत गर्ने बानीको विकास भएको बताए । उनले बचत गर्ने बानीको विकास गर्न सकेमात्रै धनि बन्न सकिने मुलमन्त्रलाई आत्मसाथ गर्न सबैमा आग्रह गरे ।
बित्तीय साक्षतरताका अवसरमा विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, बैंकका अनुगमन अधिकृत बालकृष्ण रेग्मी, बजार प्रबद्र्धन प्रमुख सन्तोष ढकालले बैंकिङ कारोबारका बारेमा विद्यालय स्तरमा आवश्यक ज्ञान प्रदान गर्न सके विद्यार्थीमा आर्थिक कारोबारको महत्वका बारेमा जानकारी हुने बताए ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ बैंकका आईबी डेक्स प्रमुख अरुण कार्की लगाएतका बक्तलाहरुले बोलेको मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखा संचालन विभाग प्रमुख प्रलभ पोखरेलले जानकारी दिए ।
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालय, आमा समूह, युवा क्लब स्तरमा लामो समयदेखि बित्तीय साक्षरताका गतिविधिहरु संचालन गर्दै आएको छ । बैंककै सहयोगमा कृषक परिवारका विद्यार्थीलाई लक्षित गरी त्रिभुवन आदर्श माविमा ५ लाखको अक्षयकोष संचालनमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार