असावधानी र खुल्ला सीमाका कारण नेपालमा बढ्यो कोरोनाको प्रभाव
नेपालबहस संवाददाता
चैत १४, २०७९ मंगलबार २२:५१:२५
१४ चैत, काठमाडौं । केहिदिन यता संघीय राजधानी रहेको उपत्यका लगायतका क्षेत्रमा कोरोना संक्रमणको दर बढेर आएको छ । सीमानाकामा एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमितहरु देखिन थालेका छन् । भारतसँग जोडिएका नाकाहरुमा फेरी परिक्षण बढाउनुपर्ने देखिइएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि पछिल्लो साता नेपालमा कोरोना संक्रमितको संख्या बढेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार पछिल्ला पाँच दिनमा १०५ संक्रमित थपिएका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार केही दिनयता कामज्वरो आउने, आँखा दुख्ने, जिउ दुख्नेलगायत समस्या लिएर आउने बिरामीको संख्या बढेको छ । यस्ता बिरामीमध्ये केहीमा कोरोना र केहीमा फ्लु देखिने गरेको छ । ०७९ मंसिरमा शून्यमा झरेको संक्रमितको संख्या पछिल्ला चार महिनायता न्यून थियो । चैत १३ गते एकैदिन ६९ संक्रमित भेटिए । योसँगै संक्रमण फेरि फैलने हो कि भन्ने त्रास चिकित्सकहरु बताँउछन् ।
उनीहरुका अनुासर भारतबाट भित्रिनेमा धेरै संक्रमण, एक्सबीबी.१.१६ हुन समेत भएको हुन सक्ने पाइएको छ । सोमबार भेटिएका ६९ मध्ये ४४ जना सीमानाकामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण पुष्टि भएका व्यक्ति हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा धेरै कञ्चनपुरको गड्डाचौकी र त्रिनगर नाकामा भारतबाट भित्रिने नागरिकमा संक्रमण पुष्टि भएको छ ।
यसबाहेक प्रयोगशालामा पीसीआर परीक्षण गरिएका मध्ये वाग्मती प्रदेशमा २५ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा गएको जनवरी दोस्रो सातादेखि एक्सबीबी.१.१६ नामक नयाँ सब–भेरियन्ट देखिन सुरु भएको थियो । यो ओमिक्रोनको सब–भेरियन्ट रहेको चिकित्सकले बताउँदै आएका छन् । भारतका विभिन्न प्रदेश र शहरहरु तेलंगाना, महाराष्ट्र, कर्नाटकलगायत राज्यमा फैलिएको यो संक्रमणबाट मंगलबारसम्म ६१० जना संक्रमित भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उताबाट नेपाल आउनेहरुले यो संक्रमण लिएर आउने देखिएको छ । नेपालमा कुन भेरियन्टका कारण संक्रमण बढ्न थालेको भन्नेबारे परीक्षण सुर भएको छैन् । संक्रमितको संख्या बढ्न थालेपछि जिनोम सिक्वेन्सिङमार्फत भेरियन्ट पहिचान गर्ने प्रक्रिया अघि बढाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । त्यसका लागि देशभरका सातै प्रदेशबाट संक्रमण पुष्टि भएका नमुना संकलन कार्य भइरहेको प्रयोगशालाको भनाइ छ ।
नेपालमा अहिले दिइरहेको फाइजर बाइभ्यालेन्ट खोपले ओमिक्रोनका सब–भेरियन्टहरूविरुद्ध पनि काम गर्ने अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले पुष्टि गरिसकेको छ । फाइजर बुस्टर डोजले ओमिक्रोनका सब भेरियन्टहरूबाट सिकिस्त गराउने जोखिम कम गराउने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले पहिलो र दोस्रो दुवै डोज खोप दिँदै छ । मन्त्रालयका अनुसार कोरोना संक्रमण भएका व्यक्तिहरूले संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लगाउन मिल्छ ।
दुई डोज खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन मिल्छ । पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो अर्थात् थप बुस्टर डोज खोप लगाउन मिल्ने मन्त्रालयले जनाएको छ । यसअघि कोरोना संक्रमण भएकाहरुले असावधानी देखाइरहेका छन् । कोरोना कालमा संक्रमणबाट बच्न प्रयोग गरिने मास्कको प्रयोग गर्ने हरुको संख्या पनि घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक्सबीबी.१.१६ नै देखिएको खण्डमा पनि पहिलो र दोस्रो लहरमा जस्तो संक्रमण फैलने सम्भावना देखिएको छ ।
भारतमा यसबाट सिकिस्त हुने र अस्पताल भर्ना हुनेको संख्या बढिरहेको छ । यसबार सर्वसाधारणले पनि सतर्कता अपनाउन आवश्यक भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन आग्रह गर्दै आएको छ । स्वास्थ्य सेवा विभागले पछिल्लोपटक बुस्टर र दोस्रो बुस्टरका लागि तीस लाख डोज फाइजर खोप ल्याएको छ । कोभ्याक्स सुविधामार्फत ल्याइएको सो खोप अहिले प्रदेशस्तरबाट वितरण भइरहेको छ । विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाले आवश्यकता र खपत हेरेर थप खोप ल्याइने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार