इन्जिनियरिङ लाइसेन्समा ७२ प्रतिशत परिक्षार्थी फेल
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १७:३४:५९
१५ चैत, काठमाडौं । चिकित्सा क्षेत्रमा जस्तै इन्जिनियरिङ क्षेत्रमा पनि धरै परिक्षार्थीहरु फेल भएका छन् । नेपाल इन्जिनियरिङ परिषद्ले आइतबार र सोमबार सञ्चालन गरेको लाइसेन्स परीक्षामा करिब ७२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । पहिलो पटक लिइएको लाइसेन्स परीक्षामा देश–विदेशका विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक गरेका १ हजार ९ सय ८१ जना सहभागी भएकामा ५ सय ६५ परीक्षार्थी मात्र उत्तीर्ण भए ।
परिषद्ले पुल्चोकको आईटी सेन्टरमा कम्प्युटर विधिबाट परीक्षा लिएको थियो । इन्जियिरिङ विषयका २२ विधामा लिइएको परीक्षामा यस पटक सहभागीमध्ये अधिकांश विदेशबाट पढेर फर्केका र पूरक परीक्षा दिएकाहरू थिए । अनुत्तीर्णहरूले अर्को पटक पनि परीक्षा दिन पाउनेछन् । असोज पहिलो सातासम्म परीक्षा नदिई लाइसेन्स पाएकाहरूले भने पुनः परीक्षा दिनु नपर्नेछ । पहिले पढाइसकेपछि सबैले लाइसेन्स पाउँथे भने अब इन्जिनियरिङको लाइसेन्स लिन अनिवार्य परीक्षा दिनुपर्ने व्यवस्था गरिकउो छ ।
परिषद्को ऐन गत असोजमा संशोधन गरेर लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्था गरिएको थियो । यसअघि परिषद्ले विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक प्रमाणपत्रका आधारमा स्वतः व्यवसाय सञ्चालनको अनुमति दिने गर्थ्यो । इन्जिनियरिङ पेसा, व्यवसायको गुणस्तरमा प्रश्न उठेपछि परीक्षा लिएर मात्र लाइसेन्स प्रदान गर्ने व्यवस्था गरिएको हो । परिषद्का अध्यक्ष पदम शाहीका अनुसार लाइसेन्सका लागि एक सय पूर्णाङ्कको २ घण्टे परीक्षा सञ्चालन गरिएको थियो । न्यूनतम ५० अंक प्राप्त गर्ने परीक्षार्थी लाइसेन्स पाउन योग्य हुने व्यवस्था छ ।
अहिलेसम्म करिब ७७ हजारले लाइसेन्स पाइसकेको तथ्यांक छ । स्नातक तहको अन्तिम वर्षको नतिजा आएलगत्तै अर्को लाइसेन्स परीक्षा सञ्चालन गरिने परिषद्ले जनाएको छ । वर्षमा कम्तीमा २ पटक लाइसेन्स परीक्षा सञ्चालन गर्ने परिषद्को योजना छ । ‘विश्वविद्यालयमा ४ वर्षमा ८ पटक परीक्षा दिई पास गरेर आउँछन्, हामीले ४ वर्षकै कुरा राखेर प्रश्नपत्र बनाएका थियौं,’ परिषद् अध्यक्ष शाहीले भने, ‘विश्वविद्यालयका फरक–फरक पाठ्यक्रम छन्, विदेश पढेर आएका पनि छन्, त्यसैले पनि कम पास भए ।’
त्रिभुवन, काठमाडौं, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयको पठनपाठन हुन्छ । नेपाली विद्यार्थी भारत, बंगलादेश, पाकिस्तान, चीनलगायत देशमा पनि यो विषय पढ्न जाने गर्छन् । लाइसेन्स परीक्षाका कारण विश्वविद्यालयलाई पाठ्यक्रम र पठनपाठनमा सुधार हुन ेअपेक्षा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
महोत्तरीमा सामुदायिक विद्यालयबाट एसईईमा सहभागी छात्रा अधिक
चैत १५, २०८० बिहिबार
एसईईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न
चैत १५, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार