प्रधानमन्त्रीले मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्छः शर्मा
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार १६:३६:७
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजीपीडितको समस्यामा तत्काल ध्यान दिनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्रीलाई गुनासो राख्न आएका पीडितहरुलाई तत्काल भेट दिएर को समस्इा हो त्यसको समधानका लागि प्रयार गर्न आवश्उक भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकनका क्रममा शर्माले यस्तो बताएका हुन् ।
उनले मिटरब्याजीपीडितले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेको उल्लेख गरे । १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकसित अविलम्ब भेट गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । महामन्त्री शर्माले प्रधानमन्त्रीले पीडितलाई भेट्नु उनीहरूका मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको उनको भनाइ छ । उनले मिटरब्याजीपीडितले उठाएका मुद्दाको सम्बोधनका लागि आवश्यक कानुन निर्माण गर्न र संसद्मा छिटोभन्दा छिटो कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘मिटरब्याजीसँग सरकारले दुई÷तीनवटा कुरा क्रमशः गर्नुपर्छ । मिटरब्याजीहरूले जो कोही गएर संवाद गर्दा पनि उहाँहरूले प्रधानमन्त्रीसँग भेट्न चाहन्छौँ भन्नुभएको छ । प्रधानमन्त्रीज्यूलाई म के आग्रह गर्छु भने मिटरब्याजीहरूको संघर्षका लागि १३ दिन लगाएर तराईबाट हिँडेर आएका नागरिकलाई, हिजो घरमा पुगेर दुई हात जोडेर मत माग्न सक्थ्यौँ, आज पैदल हिँडेर आएका नागरिकलाई प्रधानमन्त्रीले भेट दिन ढिलो गर्नु हुँदैन ।’
प्रधानमन्त्रीले अविलम्ब भेट दिनुपपने भन्दै शर्माले आन्दोलनमा उठाएको मुद्दाको सम्बोधनको प्रक्रिया प्रारम्भ गर्नुपर्ने बताए । पीडितहरूले उठाएको मुद्दाको सम्बोधन गर्न आवश्यक कानुन बनाउने, संसद्बाट प्रक्रिया अघि बढाउने, मिटरब्याजीहरू जुनसुकै राजनीतिक दलको छत्रछायामा भएपनि कारवाही गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ
चैत २०, २०७९ सोमबार
मिटरब्याजी पिडीत: एक टोली गयो, अर्को आयो
चैत २०, २०७९ सोमबार
मिटरब्याजमा व्याज असुल्नेबिरुद्ध कानुन बनाइने
चैत १४, २०७९ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
सन्दीपको मुद्दा भट्ट र उप्रेतीको इजलासमा, सुनुवाइ जारी
जेठ १, २०८१ मंगलबार
विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर
जेठ १, २०८१ मंगलबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार
राष्ट्रपति आउनुअघि संसद परिसरमा गरियो कसरी सवारी गराउने भन्ने अभ्यास
जेठ १, २०८१ मंगलबार
फलफूल, तरकारी र दूध उत्पादन गर्ने किसानलाई अनुदान
जेठ १, २०८१ मंगलबार
नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार