देउवा दम्पतीको कारण देखाउँदै अर्थशास्त्री वाग्लेले छोडे कांग्रेस
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार २२:१८:२२
१६ चैत, काठमाडौं । पार्टीलाई शेरबहादुर देउवा दम्पतीको गिरोहले चलाएको भन्दै अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनुहँ १ मा उपनिर्वाचन लड्ने हल्ला चलिरहेका बेला अर्थशास्त्री वाग्लेले नेपाली कांग्रेस त्यागेको घोषणा गरेका हुन् । उनले कांग्रेस छोडेको सार्वजनिक घोषणा नगरे पनि कांग्रेस नेताहरुलाई पत्र लेखेर यसको जानकरी गराएका छन् ।
पत्रमा उनले कांग्रेसप्रति अपार सद्भावका बावजुद आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको उल्लेख गरेका छन् । उनले नेताहरुलाई भेटेर कुरा राख्दा कांग्रेस नछोड्न आग्रह गर्ने भन्दै आफू निगाह कुरेर नबस्ने उल्लेख गरेका छन् । डा. वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताएका छन् । वाग्लेले वरिष्ठ नेता डा. शेखर काेइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाएका छन् । वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ ।
सामाजिक सञ्जालमा राखेको सन्देशमा बिहीबार वाग्लेले वैकल्पिक राजनीतिक अपनाउनुपर्ने पनि बताएका छन् । ’जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले लेखेका छन्, ’अब कांग्रेस–कम्युनिस्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।’
उपचुनाव लड्ने मुड बनाएका बनाएका वाग्लेले वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वयसँगै डा. गोविन्दराज पोखरेललाई ह्वाट्सएपमा सन्देश पठाएर कांग्रेस छाडेको जानकारी गराएका छन् । ‘हजुरहरुको अपार सद्भावका बावजूद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ’, उनले आफ्नो सन्देशमा भनेका छन्, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’
एक नेताका अनुसार वाग्लेले निर्णय लिनुअघि किन नभटेको भनेर स्पष्टीकरण पनि दिएका छन् । ‘निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चयपनि कांग्रेस नछोड्न भन्नु हुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकाले श्रद्धापूर्वक पछि नै हामी बस्ने छौं ।’ उनले चार नेतालाई कांग्रेस पार्टीमा तपाईहरुको निर्णायक हैसियत बनेको दिन कुनै न कुनै रुपमा जोडिनसक्ने आशा समेत व्यक्त गरेका छन् । उनको आफ्नो सन्देशको अन्त्यमा भनेका छन्, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’
चार नेतालाई ह्वाट्सएप सन्देश पठाएपछि वाग्ले फोन अफ गरेर बसेका छन् । बिहानदेखि सम्पर्क गर्न खोज्दा पनि सम्भव नभएको कांग्रेस केन्द्रीय सदस्य पोखरेलले बताए । महामन्त्री विश्वप्रकाश शर्माले एउटा सुयोग्य साथीले साथ छोड्दा, लामो यात्रा बीचमै मोड्दा दुःख लागेको प्रतिक्रिया दिएका छन् । रास्वपाले ४ मंसिरको चुनावमै स्वर्णिमलाई काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेको थियो । तर त्यतिबेला कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका स्वर्णिमले अस्वीकार गरेका थिए । तर कांग्रेसले पनि उनलाई टिकट दिएन ।
यस्तो वाग्लेको पत्र:
प्रिय शेखर दाई, गगनजी, विश्वप्रकाशजी र गोविन्दजी,
हजुरहरुको अपार सद्भावका बावजूद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो। अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहें। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चयपनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौं। काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।
स्वर्णिम
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार