स्वास्थ्यमा सावधानी अपनाएर बुस्टर खोप लगाउन स्वास्थ्यको आग्रह
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार १३:१६:२५
१७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो तथ्यांकले कोरोना भाइरसको संक्रमण क्रमशः बढ्दै गइरहेको भन्दै सावधानी अपनाउँदै खोप नलगाएकालाई बूस्टर खोप लागाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा कुल ९१५ जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १२३ रहेको छ ।
बुधबार कुल १ हजार ३३० जनाको परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको थियो । त्यसैगरी मंगलबार १ हजार ४२९ जनाको परीक्षणमा २४ जनामा संक्रमण देखिएकोमा सोमबार १ हजार २६६ को परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालमा हाल दैनिक एक हजार हाराहारीमा कोभिडको परीक्षण भइरहेको देखिन्छ । मन्त्रालयले सार्वजनिक गरेको एक हप्ताको तथ्यांक हेर्दा संक्रमण उकालो लाग्दै गरेको देखिन्छ । चैत ७ र ८ गते संक्रमण शून्यमा रहेकोमा त्यसयता दोहोरो अंकमा संक्रमण पुष्टि हुन थालेको छ ।
भारतमा संक्रमण बढ्न थालेसँगै त्यसको संकेत नेपालमा पनि देखिएको विज्ञहरु बताउँछन् । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार १६ नयाँ केशहरु पुष्टि भएका छन् । यो ६ महिनायता दैनिकरुपमा पुष्टि हुने संख्यामा सबैभन्दा हो । त्यसैगरी सक्रिय संक्रमितको संख्या १३ हजार ५०९ पुगेको छ । बुधबार २ हजार १५१ मा संक्रमण देखिएको थियो । महाराष्ट्र, दिल्ली, हिमान्चल प्रदेश, केरलामा संक्रमण बढिरहेको देखिन्छ ।
पछिल्ला केही दिनमा संक्रमण बढे पनि अस्पतालमै भर्ना हुनुपर्ने अवस्थाका बिरामी देखिएका छैनन् । नेपालमा पुनः कोभिड संक्रमण बढेसँगै विज्ञहरुले सतर्क रहन र संक्रमणको शंका लागे परीक्षण गराउन अनुरोध गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले विगतझैँ भारतमा संक्रमण बढेपछि नेपालमा पनि त्यसको प्रभाव परेको बताए ।
खुला सिमाना भएकाले मानिसहरुको आवतजावत प्रशस्त हुने फ्लू र कोभिडको लक्षण उस्तै–उस्तै हुनाले परीक्षण गराउन उनले सुझाए । उनले स्वास्थ्यका मापदण्डजस्तै साबुनपानीले हात धुने, मास्क लगाउने लगायतका कुरा कोभिडलाई मात्र नभइ अरु रोगका लागि पनि सुरक्षित रहेकोले सदैव अपनाउनुपर्ने बताए । सरकारले गरेको पछिल्लो जीन सिकेन्विसङमा नेपालमा १७ वटा ओमिक्रोनका सवभेरिएन्ट देखिएको जनाएको थियो ।
हाल नेपालमा नयाँ भेरिएन्टको संक्रमण पुष्टि भइसकेको छैन र जीन सिक्वेन्सिङको काम समय–समयमा भइरहेको स्वास्थ्य मन्त्रालय बताउँछ । भारतमा देखिएको ‘एक्सबीबी.१.१६’ भेरिएन्ट पहिलेको ओमिक्रोनका भेरिएन्टहरूको तुलनामा बढी संक्रामक रहेको छ । नेपालमा भने यो भेरिएन्ट पुष्टि भएको छैन । अहिले संक्रमण बढिरहेको एक्सबीबी.१.१६ भेरिएन्ट पनि हुन सक्छ । त्यही १७ वटा ओमिक्रोनको सवभेरिएन्ट म्युटेट भइरहेका हुन सक्छन् । अथवा तेस्रो मुलुकमा अरु भेरिएन्ट म्युटेट भइरहेका हुन सक्छन् ।
चीनमा अधिकांशले खोप नलगाएकै कारण लकडाउन खोल्नेबित्तिकै धेरैको मृत्यु भएको देखिएकाले कम्तीमा २ डोज भए पनि खोप लगाउन स्वास्थ्यको आग्रह छ । बुस्टर डोज लगाउनु त छँदैछ । कम्तीमा पनि दुई मात्राको खोप त लगाउनुस् । दुई मात्राको खोप लगाएपछि सुरक्षाको मापदण्ड पालना नगर्दा पनि चुनाव, चाडपर्व गए तर कोरोना बढेर अस्पताल भर्नै हुनुपर्ने देखिएन । यो खोपको प्रभावकारिता हो मन्त्रालयले भनेको छ, स्वस्थ्य व्यक्तिले दोस्रो मात्राको बुस्टर डोज लगाउन अनिवार्य नरहे पनि ज्येष्ठ नागरिक, दीघरोगी तथा रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर डोज लगाउन अनिवार्य छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा संक्रमण बढिरहेको तथ्यांकबाट देखिएको बताउँछन् । उनले स्वास्थ्यका मापदण्ड अपनाउन र छुटेकाले बुस्टर खोप लगाउन आग्रह गर्दै भन्छन्, ‘निगरानी बढाउने कुरामा सम्बन्धित निकायसँग समन्वय गरी काम अगाडि बढाएका छौँ । संक्रमण रोकथामको लागि हाम्रो व्यवहारको निरन्तरता पनि हो ।’
उनले सरकारले खोप कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको बताउँदै अग्रपंक्तिमा रहेको, दीर्घरोगीलगायतलाई बुस्टर खोप लगाउन अनुरोध गर्छन् । कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिले बुस्टर खोप लगाउन छुटेकालाई सरकारले खोप दिइरहेको छ । ५५ वर्ष उमेरमाथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिले बुस्टर खोप लगाउन सक्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार