नेपाललाई विश्वकै खेलकुद हबः प्रधानमन्त्री
नेपालबहस संवाददाता
चैत १८, २०७९ शनिबार २०:१७:२
१८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै खेलहबका रूपमा विकास गर्न सकिने बताएका छन् । शनिबार बिहान राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवाद २०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए ।
प्रधानमन्त्रीले भने, ‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु । खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरू सहभागी हुने जुन महत्त्व मैले यस क्षेत्रलाई दिएको छु । खेल क्षेत्रमा नेपाललाई विश्वकै हब बनाउन सकिन्छ भन्ने ठानेर नै दिएको हुँ ।’
उने थपे, ‘संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेको छ । तर त्यसअनुसार सङ्घीय ऐनहरू बनिसकेका छैनन् । सरकारको ध्यान छिटोभन्दा छिटो संघीय ऐनहरूलाई पूर्णता दिनेमा छ । संघीय निजामती ऐन लगायतका ऐनहरू छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जान्छौँ ।’
प्रधानमन्त्री प्रचण्डले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाउनुपर्छ। यसरी मात्र तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिन्छ । पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा जसरी सफलता हासिल गरेको छ, खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्तिविकासमा ध्यान दिन सकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्नेछ । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुनेछ ।’
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, बागमती प्रदेशका खेलकुदमन्त्री कुमारी मोक्तान, कोशी प्रदेशका खेलकुदमन्त्री बुद्धिकुमार राजभण्डारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्यमा जोड दिका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई
जेठ ११, २०८१ शुक्रबार
बंगालदेश जाने कबड्डी टोलीको बिदाइ
जेठ १०, २०८१ बिहिबार
गणतन्त्र दिवसमा भक्तपुरमा बुद्धिचाल प्रतियोगिता हुने
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार