मिटरब्याज पीडितका समस्या समाधानका लागि सरकारले गठन गर्यो तीन सदस्यीय आयोग
नेपालबहस संवाददाता
चैत २०, २०७९ मंगलबार २:७:३२
२० चैत्र, काठमाडौंं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन आयोग गठन गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहेका छन् ।
सरकार र मिटरब्याज पीडितको एक समूहबीच शनिबार ५ बुँदे सहमति भएको थियो । जसमा मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने पनि थियो । सोही सहमति अनुसार आयोग गठन गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । समितिलाई मिटरब्याज पीडितहरूको समस्या समाधान हुने गरी ठोस र व्यवहारिक प्रतिवेदन तयार पार्नका लागि ३ महिनाको समय दिइएको खो ।
बैठकले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गठित उच्चस्तरीय आयोगको कार्यालय मधेश प्रदेशको राजधानी जनकपुरमै राख्ने निर्णय पनि गरेको छ । मिटरब्याज पीडितहरुलाई आफ्नो समस्या राख्न सहज हुने भएकाले सरकारले सो निर्णय पनि गरेको मन्त्री शर्माले बताइन् । ‘हाम्रो देशमा गम्भीर समस्याको रुपमा देखा परेको मिटरब्याज पीडितहरुको समस्या त्यो विषयमा एउटा छानबिन गर्न समिति बनेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा पूर्व एआईजी उत्तमबहादुर सुवेदी, गणेशबाबु अर्याल रहेको तीन सदस्यीय समिति बनेको छ । यो एउटा महत्त्वपूर्ण निर्णय छ,’ मन्त्री शर्माले भनिन्।
सो समितिलाई ३ महिनाको समय दिइएको पनि प्रवक्ता शर्माले बताइन् । उनले भनिन्, ‘यसको कार्य क्षेत्राधिकार चाहिँ यसलाई लामो गर्ने भन्दा पनि ठोस र मूर्त रुपमा मिटर ब्याज पीडितहरु कहाँकहाँ, कसरी ठगिएका छन । त्यसमा एकीन समस्या के छ भनेर एकदमै एक्सनमा जाने गरेर तत्काल रिपोर्ट ल्याउने गरेर सो समय दिइएको छ । ठोस र व्यवहारिक पाटोबाट यसलाई रिपोर्ट ल्याउने कार्यादेश दिइएको छ । र, यसको मुख्यालय जनकपुरमै राख्ने भनिएको छ । फिल्डमै गएर समस्या समाधान गर्न आयोग नै बनिसकेको हुनाले यसका लागि अव काठमाडौं आइराख्न पर्दैन । आयोग जनकपुरमै रहने हुनाले त्यहीँबाट यसको समाधान खोज्छ । काठमाडौं आउने दुःख नगर्न पनि पीडितहरुर्लाइ पनि आग्रह छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार