माओवादी घटकको संंयुक्त अन्तर्क्रिया कार्यक्रम चैत २७ मा
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार १७:३७:४२
२१ चैत काठमाडौं । माओवादी घटक दलहरूले यही चैत २७ गते संयुक्त अन्तर्क्रिया कार्यक्रम गर्ने भएका छन् । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौंको प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएको नेकपा माओवाद समाजवादीका अध्यक्ष कर्णजित बुढा ‘सुशिल’ले बताए । द्वन्द्वरत पक्ष र विपक्ष दुवैलाई राखेर अन्तर्क्रिया गरिने उनले बताए ।
नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए । ‘माओवादी धाराको यसअघिकै कार्यक्रमको निरन्तरता स्वरूप चैत २७ गते अन्तर्क्रिया गर्न थालेका छौँ । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउनु माओवादीको मात्रै नभएर राज्यको दायित्व भएको दाबी माओवादी घटक दलहरुले बताउँदै आएका छन् ।
माओवादी घटकमा नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, बुढा नेतृत्वको माओवादी समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी लगायत दलहरु एक ठाउँमा उभिएका छन् ।
तर, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा (बहुमत), गोपाल किराती नेतृत्वको पार्टी र सन्तबहादुर नेपाली नेतृत्वको पार्टी माओवादी पार्टी धारको बैठकमा अनुपस्थित हुने गरेका छन् । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) भने सरकारको नेतृत्व गरिरहेको छ ।
शान्ति प्रक्रियापछि विभिन्न दलमा विभाजित माओवादीका नेताहरुविरुद्ध द्वन्द्वकालीन घटनाका विषयमा न्यायालयमा मुद्दा पर्न थालेपछि घटक दलहरु एक ठाउँमा उभिन पुगेका हुन् । द्वन्द्वकालीन घटनालाई मेलमिलाप प्रक्रियाबाट टुंग्याउने गरी सरकारले संसदमा विधेयक पेस गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार