लामिछानेको उम्मेदवारी बदरको माग गर्दै मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा उजुरी
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार १८:२:४५
२१ चैत, चितवन । चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी बदरको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।
सिन्धुलीका युवराज पौडेलले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उजुरी दर्ता गराएका हुन् ।
उनले नेपालको संविधानले व्यवस्था गरेको विदेशी आवासीय अनुमतिपत्र त्यागको अवधि पूरा नभएको दाबीसहित उजुरी दर्ता गराएका हुन् ।
‘नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा ३ महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको’ उजुरीमा उल्लेख गरिएको छ ।
उजुरीकर्ता पौडेलका अनुसार लामिछानेले माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनर्प्राप्ति गरेको र सो अघि उनले निस्सा बुझाएको नदेखिएकाले देखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ ।
उजुरीमा संविधान २०७२ को धारा २९१ बमोजिम उम्मेदवार योग्य नरहेको जिकिर गर्दै लामिछानेको उम्मेदवारी बदर गरी उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गर्न माग गरिएको छ ।
लामिछानेले सोमबार मात्र चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए । उनले उजुरीमा आवासीय अनुमतिपत्र त्यागको अवधि लगायत ३ वटा कारण अगाडि सारेका छन् ।
पौडेलले लामिछानेको नागरिकता सम्बन्धी दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गएको माघ १३ गते सांसद पद खारेज गरिदिएपछि निर्र्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।
पौडेलले छामिछानेमाथि दोहोरो राहदानीसम्बन्धी विषयमा पनि सर्वोच्चमा सोमबार मात्र मुद्दा दायर गराएका छन् । सो मुद्दामा आज न्यायाधीश अनिलकुमारा सिन्हाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार